अफगानिस्तानको उत्तरी सिबरगन क्षेत्रमा शुक्रबार यहाँको सेनाले गरेको कारबाहीमा परेर कम्तीमा पनि ५६ जना तालिबानी लडाकूहरु मारिएका छन् ।
अफगानिस्तानको सरकारी सैन्य फौजले यहाँका तालिबानहरुका विरुद्धमा गरेको कारबाहीमा परी ५६ जना तालिबानी मारिएका र अरु १० जना घाइते भएका बताइएको छ ।
अफगानिस्तानको उत्तरी प्रान्त सिबरगनमा सो कारबाही गरिएको थियो । त्यस कारबाहीका क्रममा अरु २३ जना तालिबानी लडाकूहरुलाई यहाँको सेनाले पक्राउ गरेको थियो ।
त्यस कारबाहीका क्रममा परेर अरु कैयौँ व्यक्ति हराएका पनि समाचारमा जनाइएको छ । उक्त भिडन्तमा परी अफगानिस्तानको सेनाका केही सदस्य पनि हताहत भएको हुन सक्ने आशंका गरिएको छ । तर यस विषयमा यहाँको सेनाले भने कुनै जानकारी दिएको छैन ।
सो क्षेत्रमा शुक्रबार रातिदेखि नै भिडन्त भएको थियो । त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन् । सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा यहाँको संयुक्त सुरक्षा फौजले हमला गरेको थियो ।
त्यस हमलामा परेर ती तालिबानहरु मारिएका हुन् । अफगान सेनाले कारबाही शुरु गरेपछि तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए । सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन् । (सिन्ह्वा)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: