Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

जनमोर्चाले देउवा सरकारलाई समर्थन गर्ने तर सरकारमा सहभागी नहुने (वक्तव्यसहित)

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

'ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो दलले समर्थन गर्दछ । देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय भएको छ' जारी विज्ञप्तिमा भनिएको छ 'देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने नीति रहने छ ।'

प्रेस वक्तव्य

आज मिति २०७८ साल असार ३० गते राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको बैठक केन्द्रीय समितिका अध्यक्ष का. चित्रबहादुर केसीको अध्यक्षतामा बस्यो । बैठकले देशको समसामयिक राजनीतिक परिस्थिति, नवगठित देउवा नेतृत्वको सरकारप्रति पार्टीको नीति, पुनस्र्थापित प्रतिनिधिसभाको स्थायित्व र निरन्तरता, पुनस्र्थापित संसदका विरुद्ध हुन सक्ने सम्भावित प्रतिगामी षड्यन्त्र तथा त्यो षड्यन्त्रका विरुद्ध पाँच दलीय गठनबन्धनका बीचको सहकार्यको निरन्तरताका विषयमा छलफल ग¥यो । छलफल पश्चात् लिइएका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।

१. प्रतिगमनका विरुद्ध आम न्यायप्रेमी जनसमुदाय, पाँच दलीय गठबन्धन, नागरिक समाज, विभिन्न संघ संस्था, संचारजगत् लगायतको आन्दोलनको बलमा तथा सर्वोच्च अदालतद्वारा यही २८ गते जारी गरिएको परमादेशसहितको फैसलाबाट केपी ओलीले देशमाथि लादेको प्रतिगमन परास्त भएको छ । सबैको संयुक्त प्रयत्नको परिणाम ओलीले लादेको प्रतिगमनमाथि विजय प्राप्त भएको छ । यो आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पाँच दलीय गठबन्धन, विभिन्न संघ संस्था, प्रेसजगत्, नागरिक समाज तथा निर्भीकताका साथ फैसला गर्ने सर्वोच्च अदालतको संवैधानिक इजलास तथा संसदको पुनस्र्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमदेश जारी गर्ने पक्षमा बहस पैरवी गर्ने सम्पूर्ण कानुन व्यवसायीहरुलाई पार्टीका तर्फबाट हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दछौँ ।

२. ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो दलले समर्थन गर्दछ । देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय भएको छ । देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने नीति रहने छ ।

३. सर्वोच्च अदालतको फैसलाद्वारा विघटित संसदको पुनस्र्थापना भएको छ र पुनस्र्थापित संसदको निरन्तरता र आफ्नो कार्यकालको स्थायीत्वको पक्षमा पाँच दलीय गठबन्धनले आन्दोलन गरेको थियो । तर पुनस्थापित संसदको स्थायीत्व र निरन्तरताको सवालमा कतिपय राजनीतिक जटिलता रहेको कुरामाथि पनि हाम्रो ध्यान छ । ती जटिलतालाई समाधान गर्दै संसदको स्थायीत्व र निरन्तरताका लागि गठबन्धनका सबै पक्षहरु सचेत हुनुपर्ने आवश्यकता छ । संसदको पुनस्र्थापना भए पनि केपी ओली पक्षले पुनस्र्थापित संसदका विरुद्ध षड्यन्त्र गर्न सक्ने संभावना रहेको छ । संसदलाई विघटन गरेर मध्यावधितिर देशलाई धकेल्ने कुरामा नै ओलीको जोड रहने छ । त्यसैले त्यो स्थितिको सामना गर्नका लागि पाँच दलीय गठबन्धनमा आवद्ध सबै पक्षले ध्यान दिनु पर्ने आवश्यकता छ ।  

४. सर्वोच्चको फैसला र जनताको आन्दोलनको बलबाट प्रतिगमन परास्त भएर संविधानलाई सही बाटोमा हिँडाउने कार्य भए पनि मुलुकको संक्रमणकालको फाइदा उठाएर प्रतिगमी तथा विदेशी शक्तिहरुले नेपालको गणतन्त्र, धर्मनिरपेक्षता तथा राष्ट्रियताका विरुद्ध षड्यन्त्र गर्न सक्ने वा नेपालमाथि हस्तक्षेप गर्न सक्ने सम्भावना पनि कायमै रहेको छ । गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षताको रक्षाको आन्दोलनमा ध्यान केन्द्रीत गर्नुपर्ने आवश्यकता छ ।

धन्यवाद !

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending