काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने निश्चित भएको भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
सरकारले चीनको खोप निर्माता कम्पनी सिनोफार्मसँग ४० लाख डोज ‘भेरोसेल’ खोप खरीद गर्ने सम्झौता गरेको थियो, जसमध्ये ८ लाख डोज गत असार २४ गते आइपुगेको थियो । दोस्रो चरणको खोप साउन ६ गते आइपुग्ने भन्दै मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले असार १५ गतेसम्ममा सबै खोप आइपुग्ने जानकारी दिए ।
शुक्रवार मात्रै चीनले थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने वाचा गरेको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई खोप अभियानका लागि सहयोग गर्ने बताएकी थिइन् ।
यसबाहेक जापानबाट पनि १६ लाख डोज खोप आउने पक्का भएको मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीले बताए । ‘खरीद गरिएको ३२ लाखसहित ६४ लाख खोप आउने पक्का भएको छ,’ उनले भने ।अभियान दैनिकबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३ गते, २०८२ - १५:२९
काठमाडौँ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १६...
मंसिर ३ गते, २०८२ - १५:२२
काठमाडौँ। सरकारले जाडो मौसमका लागि हिमालीरउच्च पहाडी क्षेत्रमा हुने हिमपात र तराईमा पर्ने शीत लहरलाई लक्षित गरी दुई छुट्टै राष्ट्रिय कार्य योजना–२०८२ ...
मंसिर ३ गते, २०८२ - १५:०५
काठमाडौँ । नेकपा एमालेको विघटित संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा मंगलबार दिउँसो बसेको छ। बैठक तय समय दिउँसो १ बजेतर्फ बोलाइए पन...
मंसिर ३ गते, २०८२ - १४:५८
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दल दर्ताको प्रमाणपत्र पाएको छ। निर्वाचन आयोगले सोमबार पार्टीलाई प...
मंसिर ३ गते, २०८२ - १४:४५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अघिल्लो सरकारले तयार पारेको संसदीय विशेष छानबिन समितिको सहकारीसम्बन्धी र...
मंसिर ३ गते, २०८२ - १४:३६
काठमाडौँ । गएराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ...
मंसिर ३ गते, २०८२ - १४:३३
काठमाडौँ । विप्लव नेतृत्वको पार्टीले आफ्नो दलको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्ने निर्णय गरेको छ। यसअघि नेपाल कम्युनिस्ट पार्टीको नाममा सञ्...
मंसिर ३ गते, २०८२ - १३:५४
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूसँग मंगलबार भेटवार्ता गरेकी छन्। विशेष महाधिवेशनको माग गर्दै ...
मंसिर ३ गते, २०८२ - १३:४१
काठमाडौँ । प्रियांस पन्चलको उत्कृष्ट अर्धशतकसहितको ९० रनको पारीमा कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा चितवन र...
मंसिर ३ गते, २०८२ - १३:३१
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाईँलाई म्याद थप प्रक्रियाका लागि आज सरकारी वकिल कार्यालय ल...




प्रतिकृया लेख्नुहोस्: