Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

ओली समुहको दुई जनाबाहेक देउवालाई समर्थन गर्ने नेपाल समूहकै

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा २२ जना एमाले सांसदले फ्लोरक्रस गरे भने १० जना सांसदले कतै पनि मतदान गरेनन्। सूर्य चिह्नबाट निर्वाचित भएका बृजेशकुमार गुप्ता पनि अनुपस्थित भए।  

एमालेका भीम रावलसहित ३३ जना सांसदले पार्टीको ह्विप उल्लंघन गरेका छन्। रावलले सांसदबाट राजीनामा नै दिए भने अन्य ३२ जना सांसदमध्ये १० जनाले मतदान बहिस्कार नै गरेका थिए।  

एमालेमा सांसदले असहयोग गरेका कारण पार्टीभित्रको संकटबाट उम्किन एमाले अध्यक्ष केपी ओलीलाई निकै चुनौती थपिएको छ।  

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा लिएको विश्वासको मतको पक्षमा १६५ र विपक्षमा ८३ मात्रै मत खस्यो। यसले १२१ सिट संख्या भएको एमाले पार्टीको धरातल कमजोर हुन पुग्दा पार्टी नै धरापमा परेको छ। 

अदालतले अपदस्थ गरेका प्रधानमन्त्री केपी ओलीको पार्टीभित्रको विवाद मिलाउन नसक्दा कै समस्याले यो अवस्थाको सिर्जना भएको विष्लेषण छ। ३३ जनाले ह्विप उल्लंघन गरिरहँदा ३१ जना माधव नेपाल पक्षकै हुन्। एमाले पार्टीले तटस्थसमेत नबस्न ह्विप जारी गरेको थियो। रावलले राजीनामा र १० जना नेपाल समूहका सांसदले मतदान बहिस्कार गरेपछि देउवालाई विश्वासको मत दिनेमा माधव नेपाल समूहका २२ जनामध्ये १४ र ओली समूहका ८ जना देखिए पनि अन्तत दुई जना मात्रै ओली समूहका हुन्। यद्यपि उनीहरूमध्ये ६ जना केही महिना अघि मात्र माधव नेपाल समूहबाट ओली समूहमा गएका थिए। नागरिक दैनिकबाट

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शल्यक्रियापछि मृत्यु भएकी महिलाको शव तीन दिनदेखि सेती अस्पतालमै

धनगढी । सेती प्रादेशिक अस्पतालमा शल्यक्रियामार्फत शिशु जन्माएपछि मृत्यु भएकी महिलाको शव तीन दिनदेखि उठाइएको छैन। गोदावरी नगरपालिका–८ बस्ने ३३ वर्षी...

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्ने

काठमाडौं। नेपाल कम्यनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भोलि अर्थात् पुस २६ गते बस्ने भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग...

विदेश भ्रमणले अर्थतन्त्र सुधार्दैन: मन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश भ्रमणले मात्र मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका छन्। मन्त्री पुनले मन्त्री भएर ...

विशेष महाधिवेशन पक्षसँग वार्ता गर्न कांग्रेस नेतृत्वलाई २५ केन्द्रीय सदस्यको अपिल

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनको माग गरेका प्रतिनिधिसँग संवाद र सहमतिमा जान पार्टी नेतृत्वलाई अपिल ...

जाजरकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

जाजरकोट। जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका ८ घोगीदेखि थलह जाने क्रममा नाउरीघाट भन्ने स्थानमा जिप दुर्घ...

कांग्रेस कार्यवाहक सभापति खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन्। पार्टीभित्र विशेष महाधिवेशनको प...

महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने

महोत्तरी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति ...

गुल्मीमा १६ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने

गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि गुल्मीमा १६ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वा...

धार्मिक अशान्ति फैलाउनेलाई कानुनी कारबाही हुन्छ : गृह मन्त्री

काठमाडौँ । गृह मन्त्री ओमप्रकाश आर्यालसँग विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले बिहीबार मन्त्रालयमा धार्मिक क्षे...

वर्तमान मन्त्रीहरूलाई दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै दलतिर झुक्ने छुट नभएको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित बागमत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending