Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष भुजेलको निधन

खबरडबली संवाददाता

सउल- दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढलेका थिए ।

बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचारारत उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो । उनको मृत्यु हृदयाघातका कारण भएको बताइएको छ । उनले हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित भएका थिए । उनी प्रवासी नेपाली सङ्घ दक्षिण कोरियाका केन्द्रीय सदस्यसमेत थिए । 

उनको निधनलाई एनआरएन कोरियाले आधिकारिकरुपमा पुष्टि गर्नुका साथै शोक वक्तव्यसमेत जारी गरेको छ । उनको निधनले एनआरएनए कोरियालाई क्षति पुगेको भन्दै एनआरएनको नयाँ पदाधिकारीको पद तथा गोपनीयताको शपथसमेत अर्को सूचना जारी नभएसम्मलाई स्थगन गरिएको छ । भुजेल इ सेभेन प्रवेशाज्ञाअन्तर्गत विगत १२ वर्षदेखि कोरियामा बस्दै आएका थिए । उनका श्रीमती र छोराछोरी हाल नेपालमा छन् । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

कोशी सरकार आफ्नै सांसदको घेराबन्दीमा, बजेट विवादले हिक्मत कार्की दबाबमा

विराटनगर । कोशी प्रदेश सरकार आफ्नै सत्ता गठबन्धनका सांसदहरूको असन्तुष्टिका कारण दबाबमा परेको छ। बजेट असन्तुलित रहेको आरोप लगाउँदै एमाले र नेपाली कांग्...

एक सातापछि आज बस्दै संसद, बजेट र चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका कारण पटक–पटक स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दैछ। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाक...

धरानमा २५ करोडको ‘स्मार्ट बसपार्क’ सञ्चालनमा, एकैपटक ३८ बस पार्किङ सुविधा

धरान । सुनसरीको धरान–८ मा करिब २५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको अत्याधुनिक ‘स्मार्ट बसपार्क’ सञ्चालनमा आएको छ। आइतबार धरान उपमहानगरपालिकाका कार...

शनिबारकाे ट्राफिक कारबाहीः पाँच लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ९ सय २२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा पाँच लाख ११ हजार ५ सय १ रुपैयाँ रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending