Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

असोजसम्म एक करोड ५ लाख खोप आउने, बालबालिकाका लागि ६० लाख ल्याइने

खबरडबली संवाददाता

काठमाडौं । सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ । 

प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो असोज मसान्तसम्म थप एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने सरकारको तयारी रहेको जानकारी दिए। 

उहाँका अनुसार सरकारले आफैं खरिद गरी ल्याउने प्रक्रियामा रहेकोे, विभिन्न मुलुकहरुले अनुदानमा दिएको र कोभ्याक्स कार्यक्रममार्फत उक्त परिमाणको खोप ल्याउन लागिएको हो । सरकारले चीनसँग खरिद गरेर ६० लाख भेरोसेल खोप आउँदो भदौ मसान्तसम्म र भारतबाट खरिद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौको पहिलो साता नेपाल आइपुग्ने तालिका छ । यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एष्ट्राजेनिका खोपको १६ लाख मात्रा आउँदो भदौ पहिलो साता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ । 

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा। गुणराज लोहनीले आज समितिमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै आउँदो असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने जानकारी दिनुभयो । 

उहाँका अनुसार कोभ्याक्स कार्यक्रममार्फत नि:शुल्क २० प्रतिशत अर्थात एक करोड १३ लाख मात्रा र कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र सिनोभ्याक गरी करिब एक करोड ५० लाख मात्रा  र बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ । 

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । यसका लागि दुई मात्रा खोपका हिसावले कूल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुने सचिव अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्यमध्ये ३३ प्रतिशतलाई खोप लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने लक्ष्य सरकारको छ । 

अब बालबालिकाका लागि पनि खोप आउने 

महाशाखा प्रमुख डा। लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए । उनका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याइने तयारी गरेको छ । 

अहिलेसम्म खोपको पहिलो मात्रा १५।८ प्रतिशत अर्थात ३४ लाख पाँच हजार १५४ र दोस्रो मात्रा ६।६ प्रतिशत अर्थात १४ लाख ३० हजार ४१६ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ९७ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । तीमध्ये कोभ्याक्स सुविधामार्फत १८ लाख ८२ हजार ८५० ९भारतबाट कोभिशिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा०, वैदेशिक अनुदानबाट २९ लाख, चीनबाट १८ लाख र भारतबाट ११ लाख मात्रा रहेका छन् । यसैगरी सरकारले खरिद गरेर ५० लाख मात्रा ल्याएको छ । भारतबाट कोभिशिल्ड  १० लाख मात्रा र चीनबाट भेरोसेल ३२ लाख मात्रा रहेको छ । 

सरकारले कोभिड–१९ को उपचारका लागि १५७ सरकारी र नीजि अस्पताल सूचिकृत गरी सञ्चालनमा ल्याएको छ । यसैगरी कोभिड–१९ को उपचारका लागि मन्त्रालयले तीन हजार सघन उपचार कक्ष ९आइसियु० पुर्‍याएको छ भने ६३० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयका सचिव अर्यालले जानकारी दिनुभयो । यस्तै भेन्टिलेटरको सङ्ख्या ९०० रहेको र १८० थप गर्ने प्रक्रियामा छ । मन्त्रालयले सरकारी अस्पतालमा हाई डिपेन्डेन्सी युनिट ९एचडियु० दुई हजार ७५ र निजीमा ७७८ सञ्चालनमा रहेका छन् भने एक हजार ४०० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी बच्चाका लागि १८० भेन्टिलेटरसहित २७५ आइसियु शय्या थप्ने प्रक्रियामा छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूक्रेन-अमेरिका वार्ता: शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित

मियामी। यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार तेस्रो दिन वार्ता गर्ने छन् । अमेरिकी पक्षले दुवै पक्षको सहमति अनुसार वा...

१५ औँ महाधिवेशनमा म सभापतिको प्रत्यासी हो: महामन्त्री थापा

सर्लाही। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएको छन् । नेपाल प्रेस युनियन ...

बागलुङमा ४२ लाख लगानीमा बेम्बो क्याफे सञ्चालन

बागलुङ। बागलुङमा ४२ लाख लगानीमा बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा आएको छ । युवा पुस्तालाई लक्षित गरी बागलुङ नगरपालिका –९ का शेखर खड्का र सुगम खड्काले ...

सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय...

नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता हो: राष्ट्रपति पौडेल

ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएको छन् । ललितपुर मह...

काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।  विद्यु...

गोरखामा २८ जना कुपोषित बालबालिका भेटिए

सुलीकोट। गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा...

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाब...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending