Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

रासस

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ । बर्खाकालमा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो । बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा अहिले सर्पदंशको उपचार लिन आउने दिनदिनै बढेका छन् ।

साउनको मध्यभित्रै सर्पदंशका ५३ घटना उपचारका लागि आएका सर्पदंश उपचार केन्द्र बर्दिवास–३ गौरीडाँडाले जनाएको छ । तीमध्ये विषालु सर्पले टोकेका १५ घटनाको उपचार गरिएको केन्द्रका उपचार प्राविधिक टोलीका नेता इन्द्रबहादुर केसीले बताए । केन्द्रमा अहिले चार जना उपचाररत छन् । गत वर्ष पूरै साउनमा ४० सर्पदंशका घटना भएका थिए । यसै साउनको पहिलो सातामा गौरीडाँडामै एक १५ वर्षीय किशोरको सर्पदंशले मृत्यु भएको छ । केन्द्रमा अहिले दिनहुँ उपचारपछि घर फर्कने र उपचार लिन आउने बाक्लै छन् ।

असार मध्ययता र साउन पहिलो सातासम्म पटकपटकको मुसलधारे वर्षाले सर्प बस्ने दुला पानीले भरिएपछि यस भेगमा सर्पको बिगबिगी बढेको हो । सर्पदंशका बिरामी उपचार गर्न आएमध्ये अत्यन्त विषालु गोमन र करेतले डसेका १५ जनाको सफल उपचार भएको केन्द्रका अध्यक्ष कृष्ण देवकोटा बताए । अन्य भने भाइबर (विष नलाग्ने सर्पको एक प्रजाति), बिच्छी र खजुराले टोकेको पुष्टि भएको उहाँको भनाइ छ । सर्पदंशका घटनामा ६० प्रतिशत महिला पर्ने गरेका छन् । घाँसपातको काम गर्दा र घरघरै शौचालय नहुँदा अँध्यारोमा दिसापिसाब गर्न बाहिर निस्कँदा मधेशमा सर्पदंशका घटनामा महिला बढी पर्ने गरेको देवकोटा बताए ।

बर्दिबास–१, २, ३, ४ र १४ सर्पको ‘खानी’ नै भएको यहाँको आम जनबोलीमा पाइन्छ । त्यसैगरी जिल्लाका गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना बाक्लै हुने ठाउँमा पर्ने देवकोटाको भनाइ छ । सर्पले टोकेका बिरामी बर्दिवासबाहेक अन्यत्र पनि उपचार लिन जाने हुँदा आफ्नो केन्द्रमा दर्ता भएभन्दा निकै बढी घटना हुने गरेको देवकोटा बताए ।

विसं २०७१ साउन ३१ गते स्थापना भई सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र बर्दिवास–३ मा यसको व्यवस्थापन गर्ने समुदायस्तरको सञ्चालक समिति र उपचारमा खटिने नेपाली सेनाका दक्ष छ जना प्राविधिक कार्यरत छन् । केन्द्रले सेवा सञ्चालन भएयता गत असार मसान्त ९आर्थिक वर्ष २०७७र७८० सम्म एक हजार ९०४ सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको छ । 

केन्द्रमा उपचारका लागि नेपाली सेनाले उपलब्ध गराएका दक्ष प्राविधिक र औषधि ९एन्टी स्नेक भाइल० हरदम तयार अवस्थामा रहे पनि भेन्टिलेटर नहुँदा कतिपय गम्भीर अवस्थाका बिरामीलाई अन्यत्र सिफारिस गर्नुपरेको केन्द्रले जनाएको छ । केन्द्रमै वा बर्दिवास अस्पतालमा भेन्टिलेटर प्रबन्धका लागि बर्दिबास नगरपालिका र स्वास्थ्य मन्त्रालयमा पटक–पटक आग्रह गरेको केन्द्रका अध्यक्ष देवकोटा बताउँछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending