बुटवल । लुम्बिनी प्रदेशमा सत्तारूढ दल नेकपा एमालेले प्रदेश प्रमुखबाट आह्वान गरिएको विशेष अधिवेशनप्रति आपत्ति जनाएको छ। प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेपछि बिहीबार एमाले लुम्बिनी प्रदेश संसदीय दलले गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले आपत्ति जनाएका हुन् ।
ढकालले संविधानको धारा १६८ को १ अन्तर्गत बनेको सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता अधिकार संविधानमा नरहेको भन्दै विशेष अधिवेशनका लागि प्रदेश प्रमुखले गरेको समावेदन संविधानविपरीत भएको दाबी गरे।
उनले भने,‘विपक्षी गठबन्धनको आग्रहपछि प्रदेश प्रमुखले गर्नुभएको समावेदन संविधानविपरीत छ, त्यसप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको छ।’
यसअघि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कार्यालयले आगामी साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका थिए।
प्रतिकृया लेख्नुहोस्: