काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन असाध्यै हौसिएको बताएका छन्।
आज प्रतिनिधि सभामा बोल्दै ओलीले भने ‘सत्ता गठबन्धनका मित्रहरू असाध्यै हौसिनुभएको छ, केटाकेटी आँगनमा नाचेजस्तो नाच्नै ठिक्क। एक महिनासम्म बधाई र शुभकामना खुब चलेको छ। दशैं आएजस्तै भएको छ,’ ओलीले भने।
सरकारले एक महिनासम्म केही काम नगरेको ओलीको आरोप छ। तर सरकारले भूमि आयोग खारेज गरेकोमा भने ओलीले असन्तुष्टि जनाएका छन्।
प्रतिकृया लेख्नुहोस्: