रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद बैठकलगत्तै पार्टी संसदीय दलको बैठक राखेका छन्। मन्त्रिपरिषद् बैठक लगत्तै सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक शुरु भएको छ । दुवै बैठकको निर्णय बारे मध्यान्ह १२ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिइसकेका छन् । पार्टी नीति विपरित शंकर पोखरेल नेतृत्वको सरकारमा गएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् । त्यस्तै, जसपाबाट नै मन्त्री बनेका विजयबहादुर यादव र कल्पना पाण्डे लम्सालले पनि राजीनामा दिने बताइएको छ।
आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दैछ। यो बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावमाथि छलफल हुनेछ।
मुख्यमन्त्री पोखरेलका पक्षमा ३८ र विपक्षमा सभामुखसहित ४२ जना सांसद छन्।
प्रतिकृया लेख्नुहोस्: