Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

एक महिनाभित्र कोरोना खोप दिन पर्यटन व्यवसायीहरूको माग

खबरडबली संवाददाता

काठमाडौं । पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन्।

कोरोनाले थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि मङ्गलबार साँझ पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी यथाशीघ्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरणका लागि पहल गरी सम्पूर्ण पर्यटकीय क्षेत्र खुला गर्न माग गरेका हुन्।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा घोषणा गरिएको पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रमलाई यथाशीघ्र लागू गर्नुपर्ने, कोभिडविरुद्धको खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकलाई क्वारिन्टनमा बस्न नपर्ने तथा विमानस्थल र अन्य प्रवेश विन्दुमा पिसिआर परीक्षणको व्यवस्था मिलाउनुपर्ने नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा)का महासचिव शिशिर खनालले बताए।

पर्यटकको यात्रा सहजीकरण तथा नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाइन भिसा सेवा प्रणालीमार्फत सहजरूपमा ‘भिसा अन–अराइभल’ व्यवस्था लागू गर्नका लागि फ्रि भिसाको कार्यान्वयन अविलम्ब सुरु गरी पर्यटकीय सेवा प्रदायक होटलरएजेन्टमार्फत मात्र भ्रमण गर्न पाउने व्यवस्था गर्न माग गरिएको छ।

स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन प्रभावकारी बनाउन देशव्यापी तालिम तथा अनुगमन संयन्त्रको व्यवस्था गर्नुपर्ने, सिसीएमसीमा पर्यटनसम्बद्ध मुख्य छाता सङ्गठनका अध्यक्षबाट प्रतिनिधित्व हुनुपर्ने, पर्यटक सवारी साधनमा छुट्टै किसिमको इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ।

ट्रेकिङ, टूर, र्‍याफ्टिङलगायतको व्यवसायलाई बचाइराख्नका लागि न्यूनतम अधिकृत पूँजी रु २५ लाख बराबर बिनाधितो शून्य प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल ९टान०का अध्यक्ष खुमबहादुर सुवेदीले बताए।

कोभिडका कारण पर्यटन यातायात सञ्चालन नभएको अवस्थामा सवारी कर पूर्णरूपमा छुट गर्नुका साथै आव २०७६/७७ र २०७७/७८ को जरिवना पूर्ण छुट गर्न माग गरिएको छ।

पर्यटकीय यातायात व्यवसायीका लागि तीन प्रतिशतमा कर्जा उपलब्ध गराउनुपर्ने साथै सवारी साधन जाँचपास तथा प्रदूषण परीक्षण शीर्षकमा लाग्ने कर तथा जरिवना एक वर्षका लागि मिनाहा गर्नुपर्ने टुरिष्ट बस एशोसिएशन अफ नेपाल ९टिवान०का अध्यक्ष ईश्वर शर्माले बताए।

संयुक्त विज्ञप्ति जारी गर्नेमा टान, टिवान, नारा, नेपाल एसोशिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा), होटल सङ्घ नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), नेपाल एशोसिएशन अफ टुर अप्रेटर (नाटो, हिमालय उद्धार सङ्घ (एचआरए)लगायतका पर्यटकीय सङ्घसंस्था रहेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उच्च शिक्षामा राजनीतिक हस्तक्षेप रोक्न विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...

अवैधरुपमा ओसारपसार गर्दै गरेको साढे चार लाखको टिमुरसहित एक पक्राउ

बर्दिया । अवैधरुपमा ओसारपसार गर्दै गरेको चार क्विन्टल ६२ किलोग्राम जडिबुटि टिमुरसहित एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा-१ चेपाङदेखि टिमुर...

एमाले केन्द्रीय नेतृत्वमा लमजुङबाट १४ बढी आकांक्षी, पृथ्वीसुब्बा गुरुङको महासचिवमा दाबी

लमजुङ। नेकपा (एमाले) को मङ्सिर २७ गतेबाट सुरु हुने ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि लमजुङबाट दर्जन बढी नेताहरु आकांक्षी देखिएको छन...

जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस्

कीर्तिपुर । सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि आम सर्वसाधारण र नयाँ पुस्तालाई मात्र नभई व्यवसाय गर्दै आएका जो कोही पनि नराम्ररी प्रभावित बनेका थिए ...

बुटवलमा बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । बहुविवाह मुद्दामा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रह...

सरकार र भन्सार एजेन्टबीच सहमति, देशभरका भन्सार कार्यालय सञ्चालनमा

काठमाडौँ। मङ्सिर २१ गतेबाट लागु भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले सेवा सुचारु गर्ने भएका छन् ।  भन्सार विभागका नि...

सहकारी विभागको निर्देशन: सञ्चालकले एक भन्दा बढी संस्थामा पद सम्हाल्न नपाइने

काठमाडौं। सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकहरूलाई दोहोरो वा तेहरो पद सम्हाल्न नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। यसका अनुसार, प्रत्येक व्यक...

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै रहेको बताएको छिन् । बुधवार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दि...

अब साढे तीन वर्ष सरकारसँग मिलेर उत्कृष्ट नतिजा दिनेछु : निर्देशक शाक्य

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग सहकार्य गर्दै प्रभावकारी नतिजा दिने प्रतिव...

शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन आह्वान, परेन निवेदन

हुम्ला। जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन । सर्केगार्ड गाउँपालिका–१ को जैर गाउँको स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending