काठमाडौं । पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन्।
कोरोनाले थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि मङ्गलबार साँझ पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी यथाशीघ्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनीय वातावरणका लागि पहल गरी सम्पूर्ण पर्यटकीय क्षेत्र खुला गर्न माग गरेका हुन्।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा घोषणा गरिएको पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रमलाई यथाशीघ्र लागू गर्नुपर्ने, कोभिडविरुद्धको खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकलाई क्वारिन्टनमा बस्न नपर्ने तथा विमानस्थल र अन्य प्रवेश विन्दुमा पिसिआर परीक्षणको व्यवस्था मिलाउनुपर्ने नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सिज् (नारा)का महासचिव शिशिर खनालले बताए।
पर्यटकको यात्रा सहजीकरण तथा नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाइन भिसा सेवा प्रणालीमार्फत सहजरूपमा ‘भिसा अन–अराइभल’ व्यवस्था लागू गर्नका लागि फ्रि भिसाको कार्यान्वयन अविलम्ब सुरु गरी पर्यटकीय सेवा प्रदायक होटलरएजेन्टमार्फत मात्र भ्रमण गर्न पाउने व्यवस्था गर्न माग गरिएको छ।
स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन प्रभावकारी बनाउन देशव्यापी तालिम तथा अनुगमन संयन्त्रको व्यवस्था गर्नुपर्ने, सिसीएमसीमा पर्यटनसम्बद्ध मुख्य छाता सङ्गठनका अध्यक्षबाट प्रतिनिधित्व हुनुपर्ने, पर्यटक सवारी साधनमा छुट्टै किसिमको इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ।
ट्रेकिङ, टूर, र्याफ्टिङलगायतको व्यवसायलाई बचाइराख्नका लागि न्यूनतम अधिकृत पूँजी रु २५ लाख बराबर बिनाधितो शून्य प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल ९टान०का अध्यक्ष खुमबहादुर सुवेदीले बताए।
कोभिडका कारण पर्यटन यातायात सञ्चालन नभएको अवस्थामा सवारी कर पूर्णरूपमा छुट गर्नुका साथै आव २०७६/७७ र २०७७/७८ को जरिवना पूर्ण छुट गर्न माग गरिएको छ।
पर्यटकीय यातायात व्यवसायीका लागि तीन प्रतिशतमा कर्जा उपलब्ध गराउनुपर्ने साथै सवारी साधन जाँचपास तथा प्रदूषण परीक्षण शीर्षकमा लाग्ने कर तथा जरिवना एक वर्षका लागि मिनाहा गर्नुपर्ने टुरिष्ट बस एशोसिएशन अफ नेपाल ९टिवान०का अध्यक्ष ईश्वर शर्माले बताए।
संयुक्त विज्ञप्ति जारी गर्नेमा टान, टिवान, नारा, नेपाल एसोशिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा), होटल सङ्घ नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), नेपाल एशोसिएशन अफ टुर अप्रेटर (नाटो, हिमालय उद्धार सङ्घ (एचआरए)लगायतका पर्यटकीय सङ्घसंस्था रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १७:४२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...
श्रावण ६ गते, २०८३ - १७:३२
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...
श्रावण ६ गते, २०८३ - १७:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...
श्रावण ६ गते, २०८३ - १७:१७
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...
श्रावण ६ गते, २०८३ - १६:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...
श्रावण ६ गते, २०८३ - १६:५०
काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...
श्रावण ६ गते, २०८३ - १६:४५
काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
श्रावण ६ गते, २०८३ - १६:४२
काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...
श्रावण ६ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...
श्रावण ६ गते, २०८३ - १६:०६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...



प्रतिकृया लेख्नुहोस्: