Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

जिल्लामा सङ्क्रमित बढ्दै गएपछि अक्सिजन ग्यास अभाव हुने चिन्ता

खबरडबली संवाददाता

चितवन । जिल्लामा कोरोना सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने देखिएको छ । अस्पतालमा आउने बिरामी र क्षमताका आधारमा अक्सिजन अभाव हुने देखिएको हो । अहिलेकै तुलनामा कोरोना सङ्क्रमित बढ्दै गएमा अस्पतालमा रहेका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले अपुग हुने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिले यहाँका अस्पतालमा २५२ सङ्क्रमित उपचाररत छन् । भरतपुर अस्पतालमा ७५ सिलिण्डर, चितवन मेडिकल कलेजमा १०० सिलिण्डर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २० सिलिण्डर दैनिक उत्पादन हुने क्षमताका अक्सिजन प्लान्ट रहेका छन् । यस्तै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा भने ३५० शय्यामा पाइपलाइनबाट ग्यास पुर्‍याइएको छ । सो कलेजको आफ्नै अक्सिजन प्लान्ट गैँडाकोटमा रहेको छ ।
 
अस्पतालका अतिरिक्त भरतपुरको रामनगरमा स्वर्गद्वारी अक्सिजन उद्योगले दैनिक ३६० सिलिन्डर ग्यास उत्पादन गर्दै आएको छ । त्यहाँ उत्पादित ग्यास जिल्लामा रहेका दुई मेडिकल कलेज र अन्य निजी अस्पतालमा खपत हुँदै आएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका ठूला चार अस्पतालमा ६९२ शय्या कोभिडका लागि छुट्याइएको छ । तीमध्ये सघन उपचार कक्ष २८०, भेन्टिलेटर ६८ र एचडियु १५३ वटा रहेका छन् । यी कक्षअनुसारको बिरामी बढ्दै गएमा यहाँका अस्पतालमा अक्सिजनको अभाव हुने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारी बताउनुहुन्छ । 
 
पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालमा ५० सिलिण्डर भर्ने क्षमताको ग्यास प्लान्ट जोड्ने काम भइरहेको छ । ग्यास प्लान्ट जडान हुन अब केही दिन लाग्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले जानकारी दिए । उनका अनुसार ग्यास प्लान्ट जडानको काम भए पनि सिलिण्डरमा ग्यास भर्ने बुष्टरको अभावका कारण काम हुन नसकेको उनले बताए। बुष्टरको खोजी भइरहेको उनको भनाइ छ ।
 
प्रदेश सरकारले पठाएको सो प्लान्ट उपलब्ध गराउने कम्पनीसँग समेत बुष्टर नभएको जानकारी आएको उनले बताए । भरतपुरको मुटु अस्पताल, सेन्ट्रल अस्पताल, मौलाकालिका अस्पताल, भरतपुर सामुदायिक, नेसनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र नारायणी सामुदायिक अस्पतालमा कोरोना सङ्क्रमितको उपचार हुँदै आएको छ । ती अस्पतालमा आफ्नै प्लान्ट नभए पनि जिल्लामा रहेका अक्सिजन उद्योग र बाहिरी जिल्लाबाट समेत ल्याएर उपलब्ध गराउने गरेको निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले जानकारी दिए ।
 
यस्तै माडीमा रहेको बघौडा अस्पतालमा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भए पनि प्लान्ट भने छैन । अक्सिजन भर्नका लागि भरतपुर ल्याउनुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले अहिलेकै तुलनामा बिरामीको सङ्ख्या बढ्दै गए यहाँ रहेका प्लान्टबाट उत्पादित ग्यास अपुग हुने बताए । यसको व्यवस्थापनका लागि भरतपुर अस्पतालले अहिलेको भन्दा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडानको काम भइरहेको छ भने गैँडाकोटमा रहेको सिद्धिविनायक अक्सिजन उद्योगले समेत बिरामीको चापअनुसारको क्षमता बढाउने काम गरेकाले केही हदसम्म सहज हुने अनुमान गरिएको उनले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री शाह र रवी लामिछाने प्रतिनिधिसभा बैठकमा सहभागी

काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै बैठ...

संवेदनशील क्षेत्रमा २६६ वटा सीसीटीभी क्यामरा जडान

कपिलबस्तु। जिल्लामा शान्ति सुरक्षा सुदृढ गर्न सीसीटीभी उद्घाटन तथा समसामयिक विषयमा स्थानीय तहसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । उक्...

करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय पुनर्विचार गर्न सांसद राईको आग्रह

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले श्रेणीविहीन करार तथा ज्यालादारीमा कार्यरत कर्मचारी हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल...

राज्य संयन्त्र दुरुपयोग गरेर अल्गोरिदम फैलाएर जसरी आतंक सिर्जना गरियो: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेर ‘आतंक’ सिर्जना गरेको आरोप...

प्रधानमन्त्री बालेनलाई सांसद राईले ‘श्री ८’ भनेपछि रास्वपा सांसदको नियमापत्ति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई ‘श्री ८’ को संज्ञा दिइएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवजी यादवले स...

सेयर बजारमा निरन्तर गिरावटपछि धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता

काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आएपछि आक्रोशित लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन)को केन्द्रीय कार्यालय घेराउ गरेका छन्। मंगलबार बिह...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमालेको माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संसद्मा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट ह...

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद आरेन राईको माग

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले संसद्मा दिएको विवादित अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरेका छन्। लामो ...

ई–पासपोर्ट छपाइमा लागत वृद्धि र अनियमितताको आशंका, सांसदहरुले गरे छानबिनको माग

काठमाडौं । ई–पासपोर्ट (विद्युतीय राहदानी) छपाइ प्रक्रियामा भएको ढिलाइ, लागत वृद्धि तथा सम्भावित आर्थिक अनियमितताका विषयमा संघीय संसद्को सार्वजनिक लेखा...

चुनपहिरोको पहिरो पन्छाइएपछि पृथ्वीराजमार्ग एकातर्फी सञ्चालन, यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह

तनहुँ । लगातारको वर्षापछि खसेको पहिरो हटाइएपछि पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड एकातर्फी सञ्चालनमा आएको छ। तनहुँको बन्दीपुर गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending