तनहुँ । खैरेनीटारदेखि भिमादसम्मको सडक स्तरोन्नति सुरु गरिएको छ । एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँले सडक फराकिलो बनाउने काम सुरु गरेको हो ।
बुधबारदेखि सडक फराकिलो बनाउने काम सुरु भएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इञ्जीनियर नारायण पौडेलले जानकारी दिए । ‘पहिलो चरणमा सडक कटिङको काम हुन्छ, त्यसपछि पुरानो कालोपत्र उप्काएर नयाँ कालोपत्र गर्ने हो’, उनले भने ।
खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडकको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको पाँच किलोमिटर सडक फराकिलो बनाएर नयाँ कालोपत्र गरिने पौडेलले बताए । रु सात करोड ४५ लाख २१ हजार लागतमा उक्त कामको ठेक्का लागेको छ । गत वैशाख १३ गते एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँसँग निर्माण सम्झौता गरिएको थियो । वर्षा र कोरोनाका कारण समयमै काम सुरु हुनसकेको थिएन । वि.सं. २०७९ कात्तिक १३ गतेसम्म उक्त काम सम्पन्न गर्ने म्याद रहेको छ ।
खैरेनीटार–भिमाद सडकका ठाउँठाउँमा कालोपत्र उप्किएर ठूलाठूला खाल्डा बनेका छन् । खाल्डामा वर्षाको पानी जम्दा पोखरी बनेको छ । शुक्लागण्डकी–७ स्याउलीबजार र म्याग्दे–५ थाङ्दीबाट भिमादको पुलसम्म सडकको दुरवस्था छ । कतिपय स्थानमा सडकको कालोपत्र देख्नै मुस्किल हुने अवस्थामा पुगेको छ । भिमाद नगरपालिकाको प्रवेशद्वारमा पनि सडकको हालत खराब छ ।
सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम पहिल्यैदेखि नै भए पनि अहिले ठूला–ठूला खाल्डा हुँदा झन् जोखिम बढेको स्थानीयवासी गणेश सुवेदीले बताए । ‘कालोपत्र गरिएको यो सडकखण्ड छिचोल्न सवारी चालक र यात्रुलाई सास्ती छ”, उहाँले भन्नुभयो, “ग्रामीण सडकमा बरु यति साह्रै सास्ती हुँदैन्थ्यो होला ।’
खाल्डाखुल्डीले बाटो छिचोल्न मुस्किल भएको जनाउँदै उनले वर्षेनी यो सडक भत्किने समस्या रहे पनि टालटुलबाहेक दीर्घकालीन उपाय नअपनाइएको गुनासो गर्नुभयो । ‘वर्षेनी यस्तै समस्या आइरहन्छ, यो सडकको विकल्प अरु सडक नभएकाले पनि गुणस्तरीय मर्मतमा ध्यान दिनुपर्छ’, उनले भने । सडकको दुरवस्थाले पानी पर्दा जलमग्न र घाम लाग्दाको बखत धुलो उड्ने समस्याले सडक आसपासका बासिन्दालाई पनि आजित बनाएको छ ।
यस वर्ष उच्च वर्षा हँुदा झन् ठाउँठाउँमा पहिरो खसेर जोखिम बढेको छ । कतिपय स्थानमा सडक साँघुरो हुँदा दुईतर्फी सवारी आउजाउ गर्न नमिल्ने अवस्था छ । कालोपत्र सडक छिचोल्न मुस्किल हुँदा यो बाटो हुँदै दैनिक यात्रा गर्ने यात्रु हैरान छन् ।
जिल्लाको भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख सडक यही हो । यस्तै नवलपुर, पाल्पा र स्याङ्जाका विभिन्न स्थानका सवारी तथा यात्रुसमेत यही सडक भएर आवतजावत गर्ने गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: