क्वालालम्पुर । मलेसियाका नवनियुक्त प्रधानमन्त्री इजमेल साब्री याकोबले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
टेलिभिजनबाट प्रसारण भएको मन्तव्यका क्रममा प्रधानमन्त्री याकोबले कोरोनाभाइरसको महामारीसहित जटिल अवस्थालाई प्रभावकारी व्यवस्थापन गर्न नयाँ मन्त्रीहरु सफल हुने विश्वास व्यक्त गरे ।
“मेरा नयाँ सहकर्मीहरुले उत्कृष्ट नतिजा दिने गरी काम गर्नुहुने छ भन्ने आशा गरेको छु, त्यसका लागि सवै मन्त्रीहरुले छोटो तथा लामो समयावधिका लागि कार्ययोजना पनि बनाउनुहुनेछ,” उनले भने ।
कार्ययोजना बनाएर काम गर्दा निर्धारित लक्ष्य पूरा गर्न सजिलो हुने प्रधानमन्त्री याकोबको भनाइ छ । उहाँले सुरुको १०० दिनका लागि पनि छुट्टै योजना बनाउन आग्रह गरे ।
मलेसियाका तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासीनले यही अगस्ट १६ मा राजिनामा दिएपछि नयाँ सरकार गठन भएको हो । उनलाई विगतमा समर्थन जनाएका केही सांसदले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिनुपरेको थियो ।
उनले राजीनामा दिएपछि राजाले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दलका नेताहरुलाई आह्वान गरेका थिए । त्यसपछि विभिन्न दलहरुको समर्थनमा इजमेल साब्री याकोबले दाबी पेस गरेका थिए । उनलाई राजाले केही दिन अगाडि प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । सिन्हा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८१ - २१:०३
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुन...
माघ ११ गते, २०८१ - २०:५१
अध्यक्ष र महासचिवका एक–एकजनाको उमेदवारी फिर्ता
माघ ११ गते, २०८१ - १९:५८
काठमाडौं । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ। कास्कीको पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क भित्र सोही महानगरपालिका-१५ ठुली मजुवा घर ...
माघ ११ गते, २०८१ - १९:५८
काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७ः०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो। ३.८ म्याग्निच्युडको भूकम्प...
माघ ११ गते, २०८१ - १९:२९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतको महाराष्ट्र जलगाउँस्थित रेल्वेस्थान नजिक ...
माघ ११ गते, २०८१ - १९:२४
पाँचखाल । प्रधानसेनापति अशोकराज सिग्देलले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको आज निरीक्षण गरेका छन् । सो क्रममा उनले तालिम केन्द्रल...
माघ ११ गते, २०८१ - १९:२१
काठमाडौ । लोकप्रिय गायक ‘राई इज किङ’ राजेश पायल राई र शलोनी राईको स्वरमा ‘कलेजकी सुन्दरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खगेन राई ‘खगेन...
माघ ११ गते, २०८१ - १९:१३
दाङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् । तुलसीपुर नगरकमिटिले त...
माघ ११ गते, २०८१ - १९:०७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताएका छन् । पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकी...
माघ ११ गते, २०८१ - १८:५९
कैलाली । कैलालीको कैलारी गाउँपालिका– ९, गदरियास्थित जनता माविको गेट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सोही विद्यालयमा कक्...
प्रतिकृया लेख्नुहोस्: