Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

काभ्रेमा ३३ करोड विद्युत् बक्यौता

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोकस्थित दुई वितरण केन्द्रमा रु ३३ करोड विद्युत् महसुल बक्यौता रहेको छ । चार नगरपालिका र एक गाउँपालिकाले सडक बत्ती तथा अन्य प्रयोजनको रु १८ करोडभन्दा बढी विद्युत् महसुल चुक्ता गरेका छैनन् । 

बनेपा, धुलिखेल, पनौती र पाँचखाल नगरपालिका तथा भुम्लु गाउँपालिकाले उक्त परिमाणको महसुल तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरणका काभ्रेपलाञ्चोकस्थित वितरण केन्द्रहरूले जनाएका छन् । ती स्थानीय तहले काभ्रे वितरण केन्द्र बनेपा र पाँचखाल वितरण केन्द्रबाट सडक बत्तीलगायत विद्युत् प्रयोग गर्दै आएका छन् ।

बनेपा वितरण केन्द्रअन्तर्गत बनेपा नगरले सडक बत्तीको रु पाँच करोड ९९ लाख ६६ हजार, धुलिखेल नगरको रु पाँच करोड ७७ लाख ७२ हजार र पनौती नगरको रु चार करोड ९८ लाख ३३ हजार विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । पाँचखाल वितरण केन्द्रअन्तर्गत पाँचखाल नगर र भुम्लु गाउँपालिको रु २७ लाख २१ हजार बक्यौता रहेको जनाइएको छ । 

बनेपा वितरण केन्द्रअन्तर्गत विद्युत् प्रयोगकर्ताबाट गत असार मसान्तसम्ममा रु ३२ करोड ९९ लाख बक्यौता असुल गर्न बाँकी रहेको छ । केन्द्र प्रमुख इञ्जिनीयर माधवेन्द्र यादवका अनुसार ग्राहस्थतर्फ रु ११ करोड १७ लाख ४१ हजार, गैरव्यापारिक क्षेत्रबाट रु छ लाख २३ हजार, व्यापारिक क्षेत्रबाट रु ५८ लाख ५९ हजार, औद्योगिकबाट रु दुई करोड ४१ लाख, खानेपानीबाट रु ११ लाख ३४ हजार, सिँचाइबाट रु चार लाख ८७ हजार, बक्यौता छ । 

स्थानीय तहअन्तर्गत सडक बत्तीको एकमुष्ट रु १८ करोड १० लाख २४ हजार, मेला–महोत्सवमा अस्थायी रूपमा विद्युत् प्रयोग गरेवापतको रु दुई लाख ५९ हजार, मठमन्दिर रु पाँच लाख २४ हजार, सामुदायिक क्षेत्रबाट रु आठ लाख ७८ हजार बक्यौता बाँकी छ ।  गैरग्राहस्थ रु ३२ लाख २६ हजार, सिनेमा हलको रु ३४ हजार, आन्तरिक खपत वापतको रु २४ हजार बक्यौता रहेको यादवले जानकारी दिए । 

पाँचखाल वितरण केन्द्रअन्तर्गत भने सडक बत्ती, व्यापारिक, सामुदायिक, ग्राहस्थ, खानेपानी, औद्योगिक, सिँचाइ तथा गैरव्यापारिकलगायत क्षेत्रको रु तीन करोड ८४ लाख ९१ हजार महसुल तिर्न बाँकी रहेको केन्द्रले जनाएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...

मन्त्री पदबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्दै

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...

मधेशमा ६० प्रतिशतभन्दा बढी मत पाउने स्वर्णिम वाग्लेको विश्वास

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट ?

झलनाथ र बामदेव परेनन्

कमल थापालाई टिकट दिएपछि राप्रपाका युवा नेता कार्कीले छाडे पार्टी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...

स्याङ्जामा कांग्रेसबाट ढकाल र मल्ल उम्मेदवार

स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...

कांग्रेसले हिमाली जिल्लामा उम्मेदवार टुंगो लगायो

काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...

ओलीलाई योगेशको आग्रह: कुनै किचलो गर्दिनँ, उम्मेदवार मिलाउन सकिने क्षेत्रमा मिलाउनुस्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending