Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

पसलबाट कुहिएको एक क्विन्टल मासु जफत गरी नष्ट

खबरडबली संवाददाता

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न मासु पसलबाट बिग्रिएको करिब एक क्विन्टल मासु जफत गरी नष्ट गरेको छ  । व्यापारीले कुहिएको अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको  अनुगमनका क्रममा पाइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईँको नेतृत्वको टोलीले हालै बजार अनुगमन गर्दा अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको भेटिएको हो ।

अनुगमन टोलीले भारतीवाडा, कार्कीवाडा, कालेखोली र विमालस्थल लाइनमा सञ्चालित फ्रेसहाउस, मासु पसल र दैनिक खाद्यवस्तुको अनुगमन गरेको थियो । यसक्रममा खुला र अव्यवस्थितरूपमा बिक्री गर्दै गरेको अवस्थामा चार व्यवसायीको पसलबाट माछा र मासु जफत गरिएको सहायक प्रजिअ चौलागाईँले जानकारी दिए । 

उनले भने, “खुला ठाउँमा मासु बिक्री गर्दै गरेका तीन व्यवसायीको पसलबाट राँगा र भैँसीको एक क्विन्टल मासु तथा आठ किलो माछा जफत गरी सो मासु नष्ट गरिएको छ । हामीले यसअघिको अनुगमनका क्रममा खुला नालामाथि माछामासु बिक्री नगर्न भनेका थियौँ । व्यापारीले अटेर गरेपछि जफत गरिएको हो । सडेगलेको र कुहिएको मासु बिक्री गरेको पाइएपछि उपभोक्ताको हितका लागि जफत गरिएको हो । सडेगलेको मासुले बजार नै दुर्गन्धित बन्दै गएको छ ।”

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अमृतसुमन भूषणका अनुसार बजारका छ मासु पसलसहित १८ खाद्य पसल अनुगमन गरी  रु ६९ हजार ७४० बराबरको सामान नष्ट गरिएको थियो । 

व्यापारीले खुलारूपमै कुहिएको मासु बेच्दा र महिनौँदेखि नगरपालिकाले फोहर नउठाउँदा बजार दुर्गन्धित बनेको सहायक प्रजिअ चौलागाईँले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राखौँ : शिक्षामन्त्री पोखरेल

उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...

तीन ऐन संशोधनका विधेयक संसद्मा पेश गर्न सरकारको स्वीकृति

काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई जना नियुक्त

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु (सुचीसहित)

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...

पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोह सम्पन्न : ६ हजार ७०६ विद्यार्थी दीक्षित

इटहरी। पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोह मङ्गलवार सम्पन्न भएको छ । मोरङ जिल्लाको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयो...

गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने ४ युवा सिंहदरबारबाट पक्राउ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ को राजीनामा माग गर्दै प्रदर्शन गरेका ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई सिंहदरबार परिसरभित्रबाटै पक्...

रवि लामिछानेको सांसद पद निलम्बन हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने लाई सांसदको रूपमा कामकाज गर्न रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ। अधिवक्ता आ...

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending