काठमाडौं । आज सर्वदलीय बैठक बस्दैछ । एमालेले बारम्बार प्रतिनिधिसभा अवरोध जारी राखेपछि सहमति जुटाउनका लागि सभामुख अग्नी सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
दिउँसो साढे २ बजे बैठक संसद भवनको ल्होत्से हलमा बस्दै छ । सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रीत रहने छ ।
छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई आमन्त्रण गरिएको छ ।
२३ भदौ गतेदेखि सुरु भएको संसद अधिवेशनमा एमालेले संसद अवरुद्ध गरिरहेको छ । पार्टीले कारबाही गरेको १४ सांसदलाई सभामुखले सूचना टाँस नगरेको भन्दै विरोध जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: