कोपेनहेगन । विश्व स्वास्थ्य संगठनले सोमबार युरोपमा मदिराको कर दोब्बर बनाउने सुझाव दिएको छ । यस कदमले मदिरा सेवनमा कमी आउने र क्यान्सर रोगबाट बर्षेनी हुने मृत्युदरमा समेत कमी ल्याउन सकिने अपेक्षा गरिएको छ ।
क्यान्सरको रोकथापको लागि यो कदय उपयुक्त र प्रभावकारी हुने विश्वास लिइएको छ ।
यो सिफारिस लागू भएमा मदिरा सेवनबाट हुने विविध रोगहरू मध्ये उच्च रक्तचाप, कोलस्ट्रोल, कलेजो र मुटु रोग लगायतमा कमी आउने विज्ञले बताएका छन् । रुस र बेलायत लगायतका देश यो निर्णयबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।
विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण अनुसार यस कदमबाट १०,७०० नयाँ क्यान्सरबाट हुने मृत्यु र ४,८५० मदिरासेवनबाट हुने क्यान्सरबाट हुने मृत्यु घटाउन सकिनेछ ।
यो तथ्याङ्कले युरोप क्षेत्रमा हुने क्यान्सरको आक्रमण र मृत्यु दरको ६ प्रतिशतलाई प्रतिनिधित्व गर्छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस क्षेत्रमा १८०,००० क्यान्सरको रोगी र ८,५००० मृत्यु मदिरा सेवनसँग सम्बन्धित रोगबाट हुने गरेको अनुमान गरिएको छ । युरोपका २७ देशहरूमा मदिराको कर कमी रहेको उल्लेख गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले बताए अनुसार ४८ लाख क्यान्सरका रोगीहरू बर्षेनी युरोपमामात्र पत्ता लाग्ने गरेका छन् । (एएफपी)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो
आषाढ़ १२ गते, २०८३ - ०७:४८
१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति
आषाढ़ १२ गते, २०८३ - ०७:४५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...
आषाढ़ ११ गते, २०८३ - २०:२७
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...



प्रतिकृया लेख्नुहोस्: