NTC Banar
Khabar Dabali १२ चैत्र २०७९ आईतवार | 26th March, 2023 Sun

अहिलेकै सत्ता गठबन्धन चुनवासम्म जान्छ, थप मजबुद बनाएर लानुको विकल्प छैन : गुरुङ

देव गुरुङ

विपक्षीले जसरी अर्ली इलेक्सनको कुरा गरेका छन् त्यो संवैधानिक हिसाबले ठीक छैन । सरकारमा बहुमत हुँदाहुँदै निर्वाचनको कुरा गर्नु कानूनी र संवैधानिक हिसाबले मिल्दैन । सदनमै बहुमत भएको विषयलाई परमादेशको सरकार भन्नुको कुनै तुक छैन ।

सरकार विस्तारमा राजनीतिक दलहरूबीच कानूनी झमेला थियो । कानूनी झमेला बल्लतल्ल फुकेको छ । अब नेताहरूबीचमा छलफल हुन्छ । राजनीतक दलका नेताहरूको व्यस्तता, विरामीका कारणले सरकार विस्तारको विषयमा छलफल हुन नसकेको हो । कार्यसूचीमा छलफल प्रवेश गरिसकेपछि राजनीतिले निकास पाउँछ । पाँच दलीय गठबन्धनमा अन्य दललाई पन्छाएर काँग्रेस र माओवादी केन्द्रले मात्र सहमति गरेर समस्या हल हुँदैन । सरकारलाई काम गर्न सहज हुनका लागि प्रधानमन्त्रीले शुरुमै एक-एक जना सरकारमा पठाउनु भन्नुभएको थियो ।  त्यो हामीले पठाइ दियौं । बाँकी विषय गठबन्धन दलहरूबीच सहमति आवश्यक हुन्छ ।

विपक्षीले जसरी अर्ली इलेक्सनको कुरा गरेका छन् त्यो संवैधानिक हिसाबले ठीक छैन । सरकारमा बहुमत हुँदाहुँदै निर्वाचनको कुरा गर्नु कानूनी र संवैधानिक हिसाबले मिल्दैन । सदनमै बहुमत भएको विषयलाई परमादेशको सरकार भन्नुको कुनै तुक छैन । सर्वोच्चको परमादेश भनेको राष्ट्रपतिले बहुमत सदस्यहरूको दस्तखत हुँदाहुँदै त्यसलाई बेवास्ता गर्नु संवैधानिक र कानूनी हिसाबले ठीक भएन भनेको हो । अहिलेको सरकार संसदबाट नै गठन भएको हो । र, संसदबाट नै विश्वासको मत प्राप्त भइसकेको छ । यी सबै सदनको प्रकृया हो । पूर्ववर्ती सरकारले सदनको प्रकृया सबै अवरुद्ध गरेकाले नै परमादेश जारी भएको हो । त्यसकारण सरकारको सन्दर्भमा परमादेशको कुनै अर्थ छैन ।

यसमा आग्रह र पूर्वाग्रहले आरोप लगाउने एउटा पाटो होला तर सरकार गठनप्रति परमादेशको कुरा जोड्नु सत्य होइन । सरकारलाई विस्तार गरी जनताको काम गर्न मनोगत ढंगले चाहेर मात्र हुँदैन  । यसमा विधि, प्रकृया र कानूनी पाटो पनि हेर्नुपर्ने हुन्छ । बहुदलीय लोकतन्त्रमा विधि मिच्ने कुरा भएन नि । विधि भनेको कुनै दलले चाहँदैमा बनिहाल्ने विषय त होइन । सरकारले चाहँदैमा सबै कुरा टाकटुक हुने विषय पनि होइन । विधि निर्माणको आफ्नो प्रकृया छ । यसले गर्दा मन्त्रिपरिषद् विस्तारमा थोरै बिलम्ब भयो । बल्लतल्ल विधि, प्रकृया एक ढंगबाट टुंगो लागेको छ । प्रकृया त खुल्यो तर नेताहरू कोही कता कोही कता छन् । कोही विरामी छन् । यस्ता व्यवहारिक जटिलताले केही ढिलाइ भएतापनि अब छिट्टै समस्याको हल हुने विश्वास लिएको छु । अहिले यहि सत्ता गठबन्धनलाई थप मजबुद बनाएर लानुको अन्य विकल्प छैन ।

(गुरुङ पूर्वमन्त्री एवं नेकपा माओवादीका संसदीय दलका उपनेता हुन्)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बायर्नको मुख्य प्रशिक्षकमा टुचेल नियुक्त

काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गरेर नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।बायर्नले मुख्य प्रशिक्षकमा ४९ वर्षीय जर्म...

आजदेखि मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी। मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म च...

कोशी प्रदेश नामाकरण विवाद : चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गरिने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...

कस्तो छ उपमहासचिव पुनको स्वास्थ्य अवस्था ?

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित उनी रोग बल्झिएपछि गत फागुन १ दे...

सुर्खेत उडेको बुद्दको जहाजमा समस्या आएपछि काठमाडौंमा अवतरण

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि उडेको केही समयमै अवतरण गरेको छ ।   शनिबार बिहान बुद्ध एयरको यु–४१३३ ...

जनयुद्दका ८ हजार बढी शहिदको नाम राजपत्रमा प्रकाशित (हेर्नुहोस् नामावली)

काठमाडौं। नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा ...

आजको मौसम –मेघ गर्जन सहित हल्का वर्षा

काठमाडौं । हाल देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको प...

युवामाथि सिंगो राष्ट्रको भरोसा छ : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्। टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा...

राष्ट्रपति भण्डारीद्वारा अस्पतालको नवनिर्मित भवन उद्घाटन

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित  भवनको आज उद्घाटन गर्नुभएको छ । यहाँ आयोज...

गैँडाको आक्रमणबाट मृत्यु

काठमाडौं । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । ...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page