Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

इच्छाराज विरूद्ध ९०० जाहेरी, पौने ४ अर्ब बिगो दाबी : एमाले नेता खरेल कानुनी सल्लाहाकार

खबरडबली संवाददाता

काठमाडौं । पूर्व सभासद एवं सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्ध करिब नौ सय वटा जाहेरी दर्ता भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोमा हिजो साँझसम्म आठ सय ८३ जना निक्षेपकर्ताले जाहेरी दर्ता गरेको प्रहरी स्रोतले जनाएको छ । जाहेरीमा अहिलेसम्म कुल बिगो रकम ३ अर्ब ७४ करोड २८ लाख रूपैयाँ दाबी गरिएको छ ।

यो मुद्दामा अझै जाहेरी थपिन सक्ने ब्युरोले जनाएको छ । एउटै मुद्दामा यति धेरै जाहेरी दर्ता भएको सम्भवतः पहिलोपटक भएको प्रहरीको अनुमान छ ।

यो सहकारीमा दुई हजारभन्दा बढी निक्षेपकर्ता छन् । प्रहरीले तामाङसहित १२ जनाविरूद्ध ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । ठगी मुद्दामा प्रहरीसँग २५ दिन म्याद हुन्छ । तर २३ दिनभित्रै अनुसन्धान सक्नुपर्छ ।

तामाङले विभिन्न व्यक्तिहरूलाई जग्गा–घर दिने भन्दै ठगी गरेको आरोप पनि छ । उनले केहीलाई घरजग्गा पास गराइदिने नाममा ठगी गरेको पनि खुलेको छ । अहिले ती व्यक्तिको जाहेरी परिसकेको छैन । उनीहरू सम्पर्कमा भने आएको प्रहरीले बताउँछ ।

सिभिल होम्सअन्तर्गत घर निर्माणकै लागि मात्र इच्छाराजले नौ अर्ब रूपैयाँ निकालिसकेका छन् । ब्युरोले यो विषयमा अनुसन्धान गर्न भ्याएको छैन । इच्छाराज तामाङ सिभिल बैंकका अध्यक्ष तथा संविधानसभामा एमाले तर्फबाट सभासद पनि थिए । उनलाई ब्युरोले गत असोज १८ गते सुन्धारा क्षेत्रबाट पक्राउ गरेको थियो ।

उनीसँगै पक्राउ पर्नेमा सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिसटेन्ट म्यानेजर मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिसटेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्ध बुद्धराज तामाङ, मौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह र पूर्वा लेखा समिति सदस्य हरिहर लामिछाने छन् ।

तामाङले अग्नि खरेललाई कानुनी सल्लाहाकार राखेको खुलाशा भएको हो ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारमा महान्यायाधीवक्ता समेत रहेका खरेललाई तामाङले मासिक ५ लाख रुपैयाँ शुल्क बुझाउँदै आएको समेत अनुसन्धानमा देखिएको छ ।
सिभिल सहकारी स्रोतका अनुसार खरेलले केपी ओली नेतृत्वको सरकारमा महान्यायधिवक्ता रहँँदासम्म सिभिल सहकारीबाट मासिक ५ लाख रुपैयाँ बुझ्दै आएका थिए ।

‘अग्नी खरेलले मासिक रुपमा ५ लाख रुपैयाँ बुझ्दै आएको देखियो । उहाँले महान्यायाधीवक्ता पदमा रहँदा समेत कानुनी सल्लाहाकारको रुपमा शुल्क बुझ्दै आएको पाइएको छ,’ स्रोतले भन्यो ।

यस विषयमा प्रतिक्रिया लिन नेकपा एमालेका नेता पूर्व कानुनमन्त्री तथा पूर्व महान्यायाधीवक्ता अग्नि खरेललाई सम्पर्क गर्दा उनले आफूले कानुनी सल्लाहा दिएको स्विकार गरे ।

‘म कुनै जमानामा कानुनी सल्लाहाकार थिएँ । मलाई लाग्छ ७÷८ वर्ष अगाडी हो । त्यसपछि मैले त्यसको मुद्दा पनि हेरेको छैन । कानुनी सल्लाहाकार पनि छैन,’ उनले भने ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending