थापाथलीस्थित व्यापारी सन्जय अग्रवालले एमाले सरकारमा हुँदा व्यापारिक साझेदारीका लागी घर उपलब्ध गराएका थिए । ओली सरकार ढलेसँगै उनले कार्यालय घर खाली गराउन भनेका हुन् ।
काठमाडौं। नेकपा एमालेको पार्टी कार्यालय ललितपुरस्थित च्यासलमा सारिने भएको छ।
प्रधानमन्त्रीमा केपी ओली रहँदासम्म एकजना व्यापारीले दिएको थापाथलीको कार्यालय घर उनले खाली गर्न भनेपछि सार्न लागिएको हो । तर एमाले महासचिव इश्वर पोखरेलले भने ठाउँ सानो भएकोले सार्न लागिएको बताएका छन् ।
स्रोतका अनुसार थापाथलीस्थित व्यापारी सन्जय अग्रवालले एमाले सरकारमा हुँदा व्यापारिक साझेदारीका लागी घर उपलब्ध गराएका थिए । ओली सरकार ढलेसँगै उनले कार्यालय घर खाली गराउन भनेका हुन् ।
अग्रवालले घर खाली गराउन भनेपछि समस्यामा परेको एमालेलाई तुल्सीलाल स्मृति प्रतिष्ठानले कार्यालय उपलब्ध गराउन लागेको बताइन्छ ।
एमाले महासचिव पोखरेलका अनुसार अब एमालेले केन्द्रीय कार्यालबाट गर्ने सबै काम अब च्यासलबाट हुनेछ। थापाथलीमा रहेको कार्यालय सानो भएको कारण एमालेका सबैजसो बैठकहरू तुलसीलालमै हुँदै आएका छन्।
महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज महत्वपूर्ण समझदारी। अब केही समय पछिदेखि नेकपा (एमाले) ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण काम यहीँबाट हुनेछन्।’
प्रतिकृया लेख्नुहोस्: