Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

ललिता निवासदेखि व्याट्री कम्पनिको जग्गासम्म हत्याउने दाउमा व्यापारी घिमिरे

सासु, आमा, दिदि, बहिनिदेखि व्यापारिक साझेदारका नाममा जग्गा

खबरडबली संवाददाता

घिमिरेको देखाउने व्यापार एउटा भएपनि उनी नीति निर्माण तहमै सेटिङ मिलाएर जे गर्दा अकुत कमाई हुन्छ त्यहि काम पनि गर्छन । स्रोतका अनुसार उनीसँग उनले विभिन्न व्यात्तिका नाममा राखेका सयौं रोपनि जग्गा छन् । नेपाल सरकारको जग्गा सम्बन्धि हदबन्दीका कारण उनले नातागो

काठमाडौं । व्यापारि सुह्रद घिमिरेले बालाजु औधागिक क्षेत्रको एक जग्गाका लागी हाल ५ वटा मुद्दा विभिन्न अदालतमा दर्ता गराएका छन् । 

अग्रभागमा नदेखिने व्यापारी घिमिरे अरुण कन्टिनेन्टलका मालिक समेत रहेका घिमिरेले सबै प्रकारका व्यापार गर्ने भएपनि उनको देखिने कम्पनि यहि यहि हो । यसले नेपालमा किया मोटर्सको व्यापार गर्दै आईरहेको छ भने स्काईभेटरहरु पनि बेच्न गर्दछ । यसका अलावा उनीसँग साझेदारीमा रहेको निर्माण सेवा पनि रहेको छ । उनीसँग एउटा सेक्युरिटी प्रेस पनि छ, जसले अहिले एनटिसीको रिचार्ज कार्डको छपाई गरिरहेको छ । 

उनै व्यापारी घिमिरे काठमाडौं लगायतका विभिन्न स्थानका मंहगा जग्गाहरुमा आँखा लगाउने गर्छन र राज्यलाई समेत प्रभाव पारी हत्याउने गर्छन । ललिता निवास प्रकरणमा समेत उनको सासुको नाममा १४ आना जग्गा भेटिएको थियो । 

वालाजु औधोगिक क्षेत्रमा स्थापीत व्याट्री कम्पनि रहेको झण्डै १४ रोपनि जग्गामा अहिले घिमिरेको आँखा परेको स्रोतले बतायो । 

व्याट्रि कम्पनि संचालन बन्द भएपछि औधोगिक क्षेत्रका कर्मचारीलाई प्रलोभनमा पारी कौडीको भाडा भाउमा जग्गा हत्याएका उनै घिमिरेले अदालतमा मुद्दा दर्ता गरेका हुन् । 

व्याट्रि कम्पनिले भाडा नतिरेको र संचालन नगरेको भन्दै बालाजु औधोगिक क्षेत्रको व्यावस्थापनसँग मिलेमतो गरी उनले १० करोडभन्दा बढीको व्याट्री कम्पनिको भवन लगायतका सम्पत्ति सित्तैमा लिएर भाडामा लिन सफल भएका थिए । 

प्रति रोपनि मासिक ४२२ रुपैयाँ ३८ पैसाको दरले भाडामा लिइएको १३ रोपनिभन्दा बढी जग्गा नयाँ व्यावस्थापन आएसँगै आनाका दरले भाडा तिर्नुपर्ने नियम बनाईदियो । प्रति रोपनि ४२२ रुपैया तिरेका घिमिरेलाई अहिले प्रति आनाकै मासिक मुल्य २ हजार ५ सय तिर्नुपरेपछि उनले भाडामात्रै नतिरेका होइनन् अदालतमा समेत पुगेका छन् । 

नयाँ निर्णयअनुसार पहिले वार्षिक ६५ हजार ८ सय ९२ रुपैयाँ १९ पैसा तिरे हुनेमा नयाँ निर्णयसँगै वार्षिक ४८ लाख रूपैयाँभन्दा बढी रकम तिर्नुपर्ने भयो । जुन त्यस क्षेत्रको चलनचल्तीकै मूल्यमा आधारित भाडादर कायम गरिएको थियो ।

उक्त निर्णयलाई लिएर अदालत पुगेका घिमिरेले अदालतलाई समेत प्रभावमा पारि काठमाडौं जिल्ला  अदालतबाट निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश लिएका छन् । सोही आदेशका आधारमा न उनले पुरानो भाडा तिरेका छन् न नयाँ । बरु उल्टै औधोगिक क्षेत्र व्यवस्थापन समितिको नाममा ५ वटा मुद्दा दर्ता गराएका छन् । 

ललिता निवासमा पनि घिमिरे
ललिता निवास जग्गा प्रकरणमा समेत घिमिरेको संलग्नता भेटिएको थियो । सबैभन्दा बढी जग्गा खरिद गरेका व्यापारी सुह्रद घिमिरेले सासु आमाको नाममा जग्गा खरिद गरेका थिए । 

०६३ मंसिर १३ गते बालुवाटारको जग्गा उनले प्रतिआना ५० हजारका दरले १४ आना २ पैसा १ दाम जग्गा खरिद गरेका हुन् । तर उनले उक्त जग्गा सासुआमाको नाममा राखेका हुन् । 

सम्पति सुद्धिकरणमा फाइल पेण्डिङ
स्रोतका अनुसार सम्पत्ति सुद्धिकरणमा व्यापारि घिमिरेको फाइल पेण्डिङ राखिएको छ । अकुत सम्पति कमाएको आरोपमा मुद्दा चल्ने सुईको पाएका घिमिरेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला उक्त फाइल अघि नबढ्ने सेटिङ मिलाएका थिए । उक्त फाइल अहिले पनि सम्पत्ति सुद्किरणमा छ । 

ट्याक्सहेगन मुलुकमा लगानी 
केही समयअघिमात्रै खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको रिपोर्टअनुसार घिमिरेको लागनी ट्याक्सहेगन मुलुकमा समेत भेटिएको छ ।  उनका व्यापारीक साझेदार पुरुषोतम पौडेल र उनको संयुक्त नाममा लुकाइएको अपारदर्शी सम्पति भेटिएको हो । 

घिमिरे र पौडेलले सन् २००९ मा ब्रिटिस भर्जिन आइल्याण्डमा ग्रान्ड स्पेक्ट्रम एसेट लिमिटेड नामक कम्पनी स्थापना गरेको भेटिएको हो। यी दुवै जना कम्पनीका लगानीकर्तासँगै निर्देशक पदमासमेत रहेको आईसीआईजेका कागजातहरूले देखाउँछन्। उनीहरूले कम्पनी खोल्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गरेका छन्। घिमिरेले एक अमेरिकी डलरका दरले तीन कित्ता र पौडेलले एक डलरका दरले एक कित्ता सेयर खरिद गरेर यो कम्पनी खोलेका हुन्।

‘द बीभीआई बिजनेस कम्पनी एक्ट, २००४’ ले यो कम्पनीलाई एक डलरका दरले अधिकतम ५० हजार कित्ता सेयर जारी गर्न सक्ने अधिकार दिएको छ। यो कम्पनीको रजिस्टर्ड एजेन्ट ब्रिटिस भर्जिन आइल्याण्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी हो।

सन् २००९ मा नेराइन ट्रस्ट कम्पनी एजेन्ट रहेको यसले सन् २०१० मा एजेन्ट परिवर्तन गरी ओभरसिजमार्फत् काम गर्न थालेको हो। यसरी एजेन्ट परिवर्तन गरिदिने काम सिंगापुरको ‘एक्सप्रेस को रजिस्ट्रेसन एण्ड म्यानेजमेन्ट पीटीई लिमिटेड’ले गरिदिएको देखिन्छ।

संयौं रोपनि जग्गा अर्कैका नाममा 
घिमिरेको देखाउने व्यापार एउटा भएपनि उनी नीति निर्माण तहमै सेटिङ मिलाएर जे गर्दा अकुत कमाई हुन्छ त्यहि काम पनि गर्छन । स्रोतका अनुसार उनीसँग उनले विभिन्न व्यात्तिका नाममा राखेका सयौं रोपनि जग्गा छन् । नेपाल सरकारको जग्गा सम्बन्धि हदबन्दीका कारण उनले नातागोता, आफ्ना कर्मचारी तथा व्यापारिक साझेदारका नाममा जग्गा राखेका छन् । 

भक्तपुरको अहिले हुँदै गरेको मनोहरा प्लानिङमा उनको मात्रै ६० रोपनि भन्दा बढी जग्गा छ । उनले केहीवर्ष अघि प्लानिङको योजना बनेको सुईको पाएसँगै किसानहरुबाट संकलन गरि सस्तोमा उठाएको बताइन्छ । उनको सँगै जोडिएको खोलाको किनारको सार्वजनिक जग्गालाई प्लानिङ कर्मचारीहरुसँगको साँठगाडमा आफ्नो नाममा ल्याउन लागिपरेको बताइन्छ । 

व्यापारी घिमिरेलाई यसबारेमा सम्पर्क गर्न खोज्दा उनले फोनमा सम्पर्क हुन सकेन । 

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending