Ntc summer Offer
Khabar Dabali १३ आश्विन २०८० शनिबार | 30th September, 2023 Sat

६६ लाख मूल्यको अवैध सामान बरामद

खबरडबली संवाददाता

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । प्रहरीले ६६ लाख ५० हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–१ तिनाउ पुलस्थित भारतबाट अवैध रूपमा ल्याउँदै गरेको लिपगार्ड ५५ बन्डल, उनी कुर्ता सरवाल २३६ पिस, चुन्नी ६ सय पिस र बनारसी साडी ६७ पिस गरी जम्मा ५१ लाख ४८ हजार बराबरको अवैध सामान बरामद गरेको छ । 

उक्त सामान बोक्नका लागि प्रयोग भएको लु१ज ४६३६ र लु१ज ३७८७ नम्बरको पिकअप गाडी र गाडीका चालक रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय तुल्सी थारी र सोही ठाउँ बस्ने ४० वर्षीय मीनप्रसाद भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै प्रहरीले रुपन्देहीको मायादेवी गाउँपालिका–७ वनगाईस्थित भारतबाट अवैधरुपमा ल्याउँदै गरेको १४ हजार मूल्य बराबरको चिनी बरामद गरी भन्सार कार्यालय बेलहिया पठाएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको टोलीले तिलोत्तमा नगरपालिका–१५ मधवलिया चोकस्थित भारतबाट अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको एक लाख १९ हजार ७५० रुपैयाँ बराबरको सर्ट कपडा ४७९ मिटर, तिलोत्तमा–१५ कोटिहवास्थित अवैधरुपमा ल्याउँदै गरेको स्पोर्टर्स जुत्ता २५१ जोर र छाला जुत्ता ७६ जोर गरी ४ लाख १५ हजार २ सय रुपैयाँ बरबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । 

यसैगरी वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले जिल्लाको मायादेवी गाउँपालिका–८ विश्वकर्मा मन्दिरस्थित भारतबाट अवैध रूपमा ल्याएको ५० केजी चिनी, लेडिज कुर्ता ४७ पिस, पावर स्टेरिङ पम्प ३१ पिस, पावर स्टेरिङ किट १९ पिस, एलइडी ब्लव ९० पिस गरी ४ लाख ४८ हजार ५ सय मूल्य बराबरको सामान बरामद गरी भन्सार पठाएको छ । इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको टोलीले मर्चवारी गाउँपालिका–६ ठर्कास्थित लु १ ज २९९९ नम्बरको पिकअपमा भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको ४ लाख मूल्य बराबरको २३ बोरा फूलको माला बरामद गरी आवश्यक कारबाहीका लागि बेलहिया भन्सार पठाएको छ । 

प्रहरी चौकी शुक्रौलीआमा रुपन्देहीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित भारतबाट भन्सार छली ल्याउँदै गरेका ६० हजार मूल्य बराबरको विभिन्न सामान बरामद गरेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए । 

त्यस्तै प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ बाट २० हजार मूल्य बराबरको अवैध सामान, मायादेवी गाउँपालिका–६ बाट १३ हजार मूल्य बराबरको अवैध सामान र मायादेवी–६ भन्सार चोकबाट १२ हजार बराबरको अवैध सामान पनि बरामद गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोलखामा थप ३ किलो सुनसहित एकजना पक्राउ

काठमाडौं । चीनबाट तस्करी गरेर भित्राएको ३ किलो सुनसहित शुक्रबार दोलखामना एक जना पक्राउ परेका छन् । दाेलखाकाे जामुनेबाट केशव तामाङलाइ प्रहरीको केन्द्री...

माओवादी अभियानको ‘ग्राउण्ड जिरो’ रिपोर्ट : समाजवाद निर्माणको आधार, वाम एकताको आवाज

सक्किने कि सच्चिने ? माओवादी आन्दोलनका सन्दर्भमा पछिल्ला केही वर्षयता यो प्रश्नले निर्माण गर्न खोजेको भाष्य निकै खतरनाक छ । तर, यसपटक जनतासँग माओवादी ...

माओवादी अभियानको ‘ग्राउण्ड जिरो’ रिपोर्ट स् समाजवाद निर्माणको आधार, वाम एकताको आवाज

सक्किने कि सच्चिने ? माओवादी आन्दोलनका सन्दर्भमा पछिल्ला केही वर्षयता यो प्रश्नले निर्माण गर्न खोजेको भाष्य निकै खतरनाक छ । तर, यसपटक जनतासँग माओवादी ...

नेकपा एमालेकाे कोशी प्रदेश अधिवेशन सुरु

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन सुरु भएको छ । पार्टी अध्यक्ष केपी ओलीले समारोहस्थलमा राखिएको डिजिटल ब्यानरलाई रिमोट कन्ट्रोलको स्वी...

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं। बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५२ वर्षीय एक पुरूष पक्राउ परेका छन्  । प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–९ श्...

बिपी राजमार्गमा भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते

काठमाडौँ  । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका छन् ।  सि...

बाराको जंगलमा रुखमा झुण्डेको अवस्थामा मानव कंकाल फेला

बारा ।  बाराको जंगलमा झुण्डेर सडेगलेको अवस्थामा मानव कंकाल फेला परेको छ । बुधबार बाराको जितपुरसिमरा उप–महानगरपालिका १४ स्थित हलखोरीया साझेदारी वनमा अन...

भारतमा आदिकवि भानुभक्तको नाममा सडकको नामकरण

काठमाडौं । भारतस्थित हावडा म्युनिसिपल कर्पोरेसन, हावडा, कोलकाताले नेपालका आदिकवि भानुभक्त आचार्यका नामबाट स्थानीय सडकको नामकरण गरेको छ । पश्चिम बङ्गाल...

मकवानपुरमा चिर्पट प्रहारबाट तीनजना घाइते

मकवानपुर ।  मकवानपुरमा चिर्पट प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका– ३ भुलन टोलका ५० वर्षीय बद्रीनाथ मैनालीले चिर्पट प्रहार ...

एक वर्षमा लोक सेवाका दश ठाउँमा नाम निकाल्न सफल भण्डारी

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५ निवासी रमेश भण्डारीले लोक सेवा आयोगले लिएका १० परीक्षामा उत्तीर्ण भएका छन् । एकै वर्षमा भण्डारीले लोक सेवा आयोग...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending