Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

सहकारीलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु आवश्यक छः मन्त्री श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई  मर्यादित, दिगो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता रहेको बताएकि छन्। 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)को ३० औँ साधारणसभाको आज काठमाडौँमा उद्घाटन गर्दै उनले समग्र विकासका लक्ष्य प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको बताएको हो । 

मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रुपमा विकास गर्न मन्त्रालयले ‘भिजन पेपर’ को तयारी अघि बढाएको जानकारी दिदैं अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी क्षेत्र महत्वपूर्ण एवम् संवेदनशील क्षेत्र भएको  उललेख गरिन् । 

सामाजिक सशक्तीकरणमार्फत गरिबी न्यूनीकरणको राष्ट्रिय लक्ष्यमा बचत तथा ऋण सहकारी संस्थाको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्न, छरिएर रहेको श्रम, सीप, पुँजी र प्रविधिलाई एकीकृत गर्न र बृहत् सञ्जालीकरणमार्फत समग्र उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जना गर्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन् । 

उनले भनिन्, “उद्यमशीलताको प्रवद्र्धन गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बचत तथा ऋण सहकारी संस्थाको महत्वपूर्ण भूमिका छ ।” मन्त्री श्रेष्ठले सहकारी र बैंकबीच कानूनी, प्रशासनिक तथा सैद्धान्तिकरुपमा नै अन्तर रहेकाले बचत तथा ऋण सहकारी र बहुउद्देश्य सहकारी सामूहिक सहकार्य र प्रजातान्त्रिक अभ्यासद्वारा सामूहिक गतिविधिबाट सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । 

आधारभूत मूल्यमान्यता र सिद्धान्तभन्दा बाहिर रहेर गरिएको केही क्रियाकलापका कारण सहकारी क्षेत्रमाथि नागरिकको विश्वास र भरोसा घटिरहेको उल्लेख गर्दै उनले भनिन्, “अहिले पनि संस्थागत सुशासनको विषयमा पहल नलिने हो भने राज्यको नियन्त्रणबाट बाहिर जाने अवस्था आउनसक्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले सचिवालय बैठक शनिबार बस्ने, ठाउँ भने अनिश्चित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओली को सचिवालयले बैठक बोलाइएको जानकारी दिएको हो। ...

खेल संघलाई असार १५ भित्र नवीकरण नगरे खारेजी गर्ने राखेपको चेतावनी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल संघहरूलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नि...

बेसीशहरमा बजार अनुगमन, अनिवार्य मूल्यसूची राख्न निर्देशन

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरमा व्यवसायिक सचेतनाका लागि बजार अनुगमन गरिएको छ । मूल्य पारदर्शिता सप्ताहअन्तर्गत व्यवसायीलाई सचेत गराउने तथा जनचेतना अभ...

संसद्‌बाट रास्वपा सांसद गणेश पराजुलीको अभिव्यक्ति हटाइयो

काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको केही अंश संसदीय अभिलेखबाट हटाइएको छ। वैशाख २९ गते बसेको प्रतिनिधिसभा बैठक...

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता,कूटनीति...

प्रधानमन्त्री सदनमा उपस्थित नभए विरोध जारी रहने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिनिधिसभामा उपस्थित नभए विरोध जारी राख्ने चेतावनी दिएको छ। प्र...

सुनचाँदीको मूल्यमा ह्वात्तै बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ३०० र चाँदी रु ३५ ले बढेको हो । नेपाल सुनचाँ...

पुतलीबजार सब–इन्जिनियर कार्यकक्षमै कुटिए

काठमाडौँ। पुतलीबजार नगरपालिकाका सब–इन्जिनियर समित जिरेलमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिट गरिएको छ । उनलाई नगरपालिकाभित्रै प्रवेश गरेर वडा नं। ३ का बा...

प्रधानमन्त्री बालेनले आजपनि नीति–कार्यक्रममा जवाफ नदिने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दिने भएका छन् । संस...

२०६२ सालयताका उच्चपदस्थलाई सम्पत्ति विवरण बुझाउन आयोगको निर्देशन

क–कसले सम्पत्ति विवरण बुझाउनुपर्छ ?

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending