Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

बागमती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

खबरडबली संवाददाता

बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । 

 यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार छ लाख एक हजार ९१३ जनाले पहिलो मात्रा खोप लगाएको र दोस्रो मात्रा लगाउने बाँकी रहेको छ । पछिल्ला दिनमा खोप लगाउने क्रम बढेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो । सरकारद्वारा खोप उपलब्ध पर्याप्त मात्रामा गराएसँगै पहिलो र दोस्रो डोज खोप लगाउनेको सङ्ख्या बढेको हो । प्रदेशमा अहिले पनि सात लाख ८३ हजार ३१ जनाले खोप लगाउन बाँकी रहेको बताइएको छ । कोरोना सङ्क्रमणविरुद्ध कोभिशिल्ड, भेरोसेल, एस्ट्राजोनिक र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ ।

यसैबीच मकवानपुर जिल्लामा कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा रहेको जनस्वास्थ्य कार्यालयले मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा ५९ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएको छ । तीमध्ये सबैभन्दा बढी हेटाँैडा उपमहानगरपालिकामा ८८ प्रतिशत रहेका छन् । ग्रामीण तथा दुर्गम पहाडी क्षेत्रमा २४ देखि ३० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा ५९ प्रतिशतले एक पटक र ५१ प्रतिशतले पूर्ण खोप लगाएको कार्यालयले जनाएको छ । 
 
जिल्लामा १८ वर्षमाथिका तीन लाख चार हजार ६४७ जनसङ्ख्या रहेको र चालु आर्थिक वर्षमा सबैलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य रहेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरे भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उम्मेदवारी फिर्ता र समर्थनले सभापतिको भनाइलाई नै खिल्ली उडायो: गणेश कार्की

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले उम्मेदवारी फिर्ता लिएर अर्को उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्तिप्रति असन...

गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्न रवि लामिछानेलाई मनिष झाको आग्रह

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको आरोप लगाएका छन्। ...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सु...

रास्वपा महाधिवेशन: पदाधिकारी चयनका लागि मतदान सुरु

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। सहमतिबाट टुंगो नलागेपछि पदाधिकारी चयन...

मनिष झाले उम्मेदवारी कायमै राखे, ‘आलोकाँचो राजनीति’ नगर्ने टिप्पणी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी कायमै रहेको घोषणा गरेका...

रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी फिर्ता, विपिन आचार्यलाई समर्थन गर्ने घोषणा

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन...

एलपिजी प्रतिबन्ध हटायो भारतले

नयाँदिल्ली। मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमश: सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी)मा लगाइ...

रास्वपा महामन्त्री दौडबाट राजुनाथ पाण्डे पछि हटे, प्रतिस्पर्धा पाँच जनाबीच सीमित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका उम्मेदवार राजुनाथ पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्। उनले पार्टीको एकता र सुदृढीक...

महामन्त्रीमा विपीन आचार्यलाई पाँच उम्मेदवारको समर्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका आकांक्षी पाँच नेताले विपीन आचार्य लाई समर्थन गर्ने घोषणा गरेका छन्। महामन्त्री पद...

सुनचाँदीको भाउ कति पुग्यो ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending