Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

काँग्रेस महाधिवेशन : नीतिभन्दा नेतृत्व प्राथमिकतामा

‘पहिले नीति महाधिवेशन गरेर त्यसलाई बोक्ने नेता छान्नुपर्थाे

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसको विधानको दफा १६ उपदफा १ को (ज) र (झ) बुँदामा केन्द्रीय महाधिवेशनले अल्पकालीन वा दीर्घकालीन महत्वका विषयमा पार्टीको नीति निर्धारण गर्ने व्यवस्था छ ।

पार्टी सङ्गठनसम्बन्धी विषयमा नीतिगत निर्णय लिने अधिकार पनि विधानले पार्टीको सर्वोच्च निकाय महाधिवेशनलाई नै दिएको छ । विसं २०४६ पछि एउटै महाधिवेशनमा नेतृत्व र नीतिका बारेमा छलफल एवं निर्णय गर्दा नीति निर्धारणको काम ओझेलमा परेकाले यसपटक नयाँ नेतृत्व छनोटमै कांग्रेस महाधिवेशन सीमित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । नवनिर्वाचित कार्यसमितिले नीतिका विषयमा छलफल र निर्णय गर्न अर्को नीतिगत महाधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय कार्यसमितिले यसअघि नै गरिसकेको छ ।

नीतिगत विषयमा महाधिवेशनमा छलफल नहुने भए पनि पार्टीका विभिन्न नेताले पुस्तक, अवधारणमार्फत विचार भने सार्वजनिक गरिरहेका छन् । महाधिवेशनको सेरोफेरोमा सार्वजनिक गरिएका पुस्तक एवं अवधारणामा कांग्रेसले विभिन्न विषयमा अब लिनुपर्ने बाटोका बारेमा नेताहरुले आफ्ना विचार राखेका हुन् ।

यसपटकको १४औँ महाधिवेशन कुनै पनि नीतिगत प्रतिवेदनमा छलफल नगरी सिधै नयाँ नेतृत्व छनोटमा प्रवेश गर्ने भएको छ । यद्यपि महामन्त्रीको साङ्गठनिक, कोषाध्यक्षको आर्थिक र यसअघिको महासमिति बैठकपछि महाधिवेशनले पारित गर्ने गरी गरिएका निर्णयसम्बन्धी अनुमोदन प्रतिवेदन भने पेस गरिने प्रवक्ता शर्माले जानकारी दिए । 

केन्द्रीय महाधिवेशनले आफ्नो अधिकार केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय सभापतिलाई प्रत्यायोजन गर्न सक्ने व्यवस्था पनि पार्टी विधानको दफा १६ को उपदफा २ मा गरेको छ । यो व्यवस्थाबमोजिम नीति निर्माणका लागि अर्को महाधिवेशन गर्ने तयारी कांग्रेसको छ ।

कांग्रेस विधानको दफा १७ को उपदफा ३ मा केन्द्रीय महाधिवेशनको एक महिना अगाडि केन्द्रीय महाधिवेशनका प्रतिनिधिले आ–आफ्नो जिल्लामार्फत केन्द्रीय महाधिवेशनमा प्रस्तुत गरिने प्रस्ताव केन्द्रमा बुझाउनुपर्ने व्यवस्था छ । धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक महिनाकै बीचमा क्षेत्रीय अधिवेशन भएकाले महाधिवेशन प्रतिनिधिले प्रस्ताव दर्ता गर्न पाएका छैनन् । यसैले गर्दा नीति निर्धारणका लागि पनि छुट्टै महाधिवेशन गर्नुपरेको हो ।

देशको समसामयिक राजनीतिक विषय÷राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पार्टीले लिनुपर्ने नीति निर्माणमा सहयोग पु¥याउने केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको व्यवस्था गरिएको छ । पार्टीको १२औँ महाधिवेशनपछि प्रतिष्ठान गठन भएको हो । उपसभापतिले प्रतिष्ठानको नेतृत्व गर्ने वैधानिक व्यवस्थापछि पहिलोपटक वरिष्ठ नेता रामचन्द्र पौडेलले संयोजन गरी नीतिसम्बन्धी काम गर्नुभएको थियो ।

‘पहिले नीति महाधिवेशन गरेर त्यसलाई बोक्ने नेता छान्नुपथ्र्यो’

प्रतिष्ठानका पहिलो कार्यकारी निर्देशकका रूपमा काम गर्नुभएका कांग्रेस नेता मधु आचार्य नीतिसम्बन्धी महाधिवेशन पहिले गरेर त्यसलाई बोक्ने नेता छान्ने महाधिवेशन गर्नुपर्नेमा उल्टो बाटो हिँड्न लागिएको बताउछन्। विगतदेखि नै पार्टीमा नीतिभन्दा नेताले मात्र प्राथमिकता पाएको उनको भनाइ छ । प्रतिष्ठानले पहिलो कार्यकालमा सरकारको नीति तथा कार्यक्रममा सुधार गर्नुपर्ने विषयमा ३९ बुँदे सुझाव तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धन सरकारलाई दिएको थियो । तीमध्ये मुस्किलले १३ बुँदामात्र समेटिँदा दुःख लागेको प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक आचार्यले सुनाए ।

पार्टीले अख्तियार गरेका वा गर्नुपर्ने नीति तथा कार्यक्रम, मुलुकको समग्र हितका लागि पार्टीले लिनुपर्ने नीति, पार्टी सङ्गठन सदृढीकरण र विस्तारका लागि आवश्यक अध्ययन, अनुसन्धान गर्ने, गराउने जिम्मेवारी पनि प्रतिष्ठानलाई दिइएको छ ।

पार्टी तथा भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाका सदस्यलाई पार्टीको आदर्श, सिद्धान्त, मूल्य, मान्यता, नीति, रणनीतिका बारेमा प्रशिक्षित÷सक्षम बनाउन विभिन्न तहमा विचार–गोष्ठी, अन्तरसंवाद÷अन्तरक्रिया, परामर्श एवं निश्चित उद्देश्य तथा कार्ययोजनासहित प्रशिक्षण कार्यक्रम, प्रतियोगात्मक कार्यक्रम सञ्चालन गर्ने, गराउने काम पनि प्रतिष्ठानले गर्दै आएको छ । 

नेपाली कांग्रेसका प्रत्येक सदस्यले क्रियाशील सदस्यता प्राप्त गरेपछि नवीकरण गर्नुपूर्व पार्टीको आधारभूत प्रशिक्षण लिनुपर्ने गरी पाठ्यक्रम विकास गरी देशव्यापी प्रशिक्षणको व्यवस्था गर्ने भनी विधानमा लेखिए पनि पार्टीका नीति बुझाउन वडा एवं स्थानीय तहसम्म प्रशिक्षण नगरिएको कार्यकर्ताको गुनासो छ ।

पार्टी नीति, अनुसन्धान, प्रशिक्षण÷व्यक्तित्व विकाससँग सम्बन्धित विषयमा पार्टी साहित्य तथा पाठ्यसामग्री तयार गरी प्रकाशन गराएर पार्टी नीतिका बारेमा तल्लो तहका कार्यकर्ता एवं सर्वसाधारणलाई जानकारी दिने काम कांग्रेसले गर्दै आएको छ । हरेक छ महिनामा आफ्नो कार्यप्रगति प्रतिवेदन पार्टी केन्द्रीय कार्यसमितिमा बुझाउने गरी प्रतिष्ठानको काम कर्तव्य विधानमै तोकिएको छ ।

पार्टीको १३औँ महाधिवेशनपछि उपसभापति विमलेन्द्र निधिले प्रतिष्ठानको नेतृत्व गर्दै आएका छन्। प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहाल नीतिका विषयमा पार्टीलाई सुझाव दिने दायित्वअनुसार काम गरिएको बताउनुहुन्छ । प्रतिष्ठानले तयार पारेका सुझाव फाइल गरी राखिएको छ । १४औँ महाधिवेशनमा नीतिका विषयमा छलफल नगर्ने र यसका लागि छुट्टै महाधिवेशन गर्ने केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम यसपटक सुझाव पनि नदिइने भएको उनले सुनाए ।

महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रतिष्ठानले तयार पारेका सुझावको फाइल प्रस्तुत गर्ने तयारी भएको कार्यकारी निर्देशक दाहालले सुनाए । सुझावलाई ग्रहण गरेर पार्टीले नीति बनाउनुपर्नेछ । यसपटक चुनाव केन्द्रित रूपमा मात्र कांग्रेसले महाधिवेशन गरी नीतिका बारेमा छलफल गर्न छुट्टै महाधिवेशन गर्ने भएपछि प्रतिष्ठानले यसो गर्न लागेको हो । 

नयाँ नेतृत्व चयन हुने भएपछि महाधिवेशन प्रतिनिधिको ध्यान नयाँ नेता छान्नमै जाने गरेको छ । पार्टीको नीतिका बारेमा राम्रोसँग छलफल हुँदैन । यसैले नेतृत्व र नीतिका बारेमा छुट्टाछुट्टै महाधिवेशन गर्ने तयारी गरिएको कांग्रेसले जनाएको छ । नेतृत्व चयनमा केन्द्रित महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्न थालेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE