Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकट प्रचलनमा

खबरडबली संवाददाता
काठमाडौं । राष्ट्रकवि डा माधवप्रसाद घिमिरेले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप उनको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशन गरिएको छ । राष्ट्रकवि घिमिरेले नेपालको राष्ट्रिय गौरवलाई उचाइमा पु¥याउन दिएको अतुलनीय योगदानको उच्च कदर गर्दै आज सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो हुलाक टिकटमा टाँचा प्रदान गरे । 
 
विसं १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा बुवा गौरीशङ्कर उपाध्याय घिमिरे तथा आमा द्रौपदीदेवी घिमिरेको कोखबाट जन्मिनुभएको राष्ट्रकवि घिमिरेको २०७७ साल भदौ २ गते निधन भएको थियो । राष्ट्रकवि घिमिरेको जीवनकालमै प्रकाशनमा ल्याउने सरकारको २०७६ चैत ९ गतेको निणर्यबमोजिम हुलाक सेवा विभागबाट १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याउन अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट छपाइ भई परीक्षण र प्रकाशनको तयारीमा रहँदारहँदै गत भदौ २ गते स्वर्गारोहण भएको थियो । स्वर्गारोहण भए पनि विभागले राष्ट्रपति घिमिरेको उच्च सम्मान गर्दै टिकट प्रकाशनमा ल्याएको जानकारी दिए । 
 
नेपाली साहित्यको स्वच्छन्दतावादी भावधारा तथा परिष्कारवादी शैलीका काव्य, खण्डकाव्य, गीतिकाव्य, गीतिनाटक, बालसाहित्य तथा अनुवादको उच्चस्तरीय एवं बहुसङ्ख्यक अतुलनीय साहित्यिक कृतिको सिर्जनाद्वारा नेपाली साहित्यको श्रीवृद्धिमा अनवरत योगदान गरेका घिमिरे राष्ट्रप्रमुखबाट २०६० साल असोज ८ गते राष्ट्रकविको उपाधिद्वारा सम्मानित भएका थिए । 
 
सोही अवसरमा मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेले कवितामार्फत नेपाल र नेपालीले देखेका सपना पूरा गर्न सबै आआफ्नो क्षेत्रबाट लाग्न आग्रह गरे । मन्त्री कार्कीले भन्नुभयो, “राष्ट्रकवि घिमिरे जतिञ्जेल यो धर्तीमा रहनुभयो, उहाँ सबैको प्रिय बन्नुभयो, सबैको प्ररणाको स्रोत बन्नुभयो, स्वर्गारोहणपछि पनि सबैको प्रेरणाको स्रोत हुनुहुन्छ, उहाँ कालजयी हुनुहुन्छ, पुस्तौँपुस्तासम्म उहाँको सस्मरण रहिरहनेछ, त्यसलाई अझै ताजा स्मरण गराउनका निमित्त हामीले हुलाक टिकट प्रकाशन गरेका छौँ ।”
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE