काठमाडौं । नेपाली काँग्रेसको सभापति पदमा ५ जनाको उम्मेदवारी पर्ने देखिएको छ । त्यसमध्ये नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् भने अन्य उम्मेदवारले दर्ता गराउने तयारीमा छन् ।
शेरबहादुर देउवासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइरालाले उम्मेदवारी दर्ता गराउने तयारीमा रहेको बताइएको छ । सिंह र कोइराला पौडेल पक्षका भएपनि सहमति हुन नसकेपछि दुबै जनाले उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।
प्रकाशमान सिंह उम्मेदवारी दर्ताअघि आफ्नो सम्पर्क कार्यालयमा निकटस्थहरुसँग छलफलमा व्यस्त छन् ।
यता शेखरले बालुवाटारस्थित आफ्नो कार्यालयमा निकटस्थसँग छलफल गरि राखेका छन् भने देउवाले पनि प्यानल तयार गर्नका लागि छलफललाई जारी राखेका छन् ।
देउवालाई कृष्ण प्रसाद सिटौला समूहले पनि समर्थन गर्ने बताइएको छ ।
सभापतिका अर्का दाबेदार विमलेन्द्र निधिले पनि आज दिउँसो उम्मेदवारी दर्ता गराउने बताए ।
यस्तै महामन्त्री शशांक कोइरालापनि उम्मेदवारको रेशबाट ब्याक भएका छन् ।
काँग्रेसको चुनावका लागि आज साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...
बैशाख ९ गते, २०८३ - १५:३२
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग साझेदारी र सेयर कारोबारको विषयमा चौतर्फी आलोचना भएपछि उनले प्रधानमन्त्...
बैशाख ९ गते, २०८३ - १५:२४
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हाल्ने भएका छन्। प्रधानम...
बैशाख ९ गते, २०८३ - १५:१९
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग सेयर कारोबारमा मुछिएको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह (...
बैशाख ९ गते, २०८३ - १४:०३
दमक। झापामा लागुऔषध कारोबारीले नयाँनयाँ उपाय अपनाएर लागुऔषध भित्र्याउने गरेको पाइएको छ । लागुऔषध ओसारपसारमा प्रहरीले कडा निगरानी राख्न थालेपछी प्रह...
बैशाख ९ गते, २०८३ - १३:५३
जनकपुरधाम । यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ । चालु आ...
बैशाख ९ गते, २०८३ - १३:३७
काठमाडौं। गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाह सँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। विवादित व्यवसायी दीपक ...
बैशाख ९ गते, २०८३ - १३:२३
बेरुत। युद्वविरामको वावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका ...
बैशाख ९ गते, २०८३ - १३:१६
मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएको छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँ...


प्रतिकृया लेख्नुहोस्: