Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

एमाले बैठक सुरु

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोश्रो दिनको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको जर्मन होम हस्पिटालिटीमा सुरु भएको छ । पहिलो दिनको बैठकले विभिन्न नौ विषयमा निर्णय गरेको र आज थप मुख्य छ एजेण्डामा निर्णय गर्ने भएको छ । 

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले केन्द्रीय कमिटीको पहिलो दिनको बैठक १५ मध्ये नौ एजेन्डामा छलफल गरेर निर्णयमा पुगेको र आजको बैठकले केन्द्रीय कमिटीमा मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सदस्यको कार्यविभाजनलगायत छ एजेण्डामा छलफल गरेर निर्णय गर्ने जानकारी दिए । 

पहिलो दिनको बैठकले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन, फागुन मसान्तसम्म सबै जनवर्गीय सङ्गठनको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । त्यसैगरी एमाले सल्लाहकार परिषद्को अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई चयन गर्नाका साथै पार्टीको विधानमा आवश्यक सम्पादन गरी प्रकाशन गर्न र पार्टीको नियमावली संशोधन गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेता खगराज अधिकारी र रमेश बडाल सदस्य रहने गरी तीन सदस्यीय कार्यदल गठन गरिएको छ । 

त्यस्तै बैठकले आगामी पाँच वर्ष नेकपा ९एमाले० पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चालन गर्ने र पाँच वर्षभित्र बल्खुमा पार्टी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न गरेर प्रविधिमैत्री भवन बनाएर सर्ने, आगामी पुस भरिमा जिल्लामा आवश्यक तयारी गरेर माघ र फागुनभरिमा पार्टी विस्तार तथा पार्टी प्रवेश कार्यक्रम गराउँदै महाधिवेशनका सन्देशसमेत प्रवाह गर्ने अभियान चलाउने निर्णय गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलभन्दा शुलभ खरेल १३ हजार बढी मतले अगाडि

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ को मतगणना जारी रहँदा रास्वपाका उम्मेदवार सुलभ खरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतगणना अनुसार खरेलले १६,७८८...

सुनसरी–१ मा रास्वपाकी गोमा तामाङको अग्रता, हर्क साम्पाङ दोस्रो स्थानमा

विराटनगर। सुनसरी क्षेत्र नम्बर १ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएपछि रास्वपाका उम्मेदवार गोमा तामाङले स्पष्ट अग्रता लिएकी छन्। प्रारम्भिक मतगणना अ...

ताप्लेजुङमा नेकपाका परागको सुरुवाती अग्रता

फुङलिङ। प्रतिनिधि सभा सदस्य निर्वाचन ताप्लेजुङमा नेपाली कम्युनिष्ट पार्टीका खेल प्रसाद बुढाक्षेत्री (पराग)ले सुरुवाती अग्रता लिएको छन् । सिरिजङ्घा ...

अछाम–१ मा भीम रावलको प्रारम्भिक अग्रता

अछाम। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी उम्मेदवार भीमबहादुर रावलले सुरुवाती अग्रता लिएको छन् । ...

निर्वाचनको पछिल्लो मतगणना: ७० स्थानमा रास्वपा अगाडि

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अ...

भक्तपुर–२ मा रास्वपाको अग्रता कायमै

भक्तपुर। प्रतिनिधि सभा सदस्य निर्वाचनको बिहीबार सम्पन्न मतदानपछि मत परिणाम आउने क्रममा भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९र...

सर्लाही–४ अमरेश अगाडि, गगन थापा पछि

सर्लाही। प्रतिनिधि सभा निर्वाचनको हट स्पट मानिएको सर्लाही क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा गगन कुमार थापा पछि परेका छन्। सार्वजनिक भएको प्रार...

जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता

जुम्ला। जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७ को हालसम्म मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही...

मोरङ–२ मा रास्वपाका प्रतिनिधि दुर्गा रेग्मीको मृत्यु

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि दुर्गा रेग्मीको मृत्यु भएको छ। रास्वपाका उम्मेदवार कृ...

काठमाडौँ–४ मा रास्वपाका बम अगाडि

काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम नौ हजार ८२१ मतसहित अग्रस्थानमा छन्। निर्वाचन ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE