सिरहा । छिमेकीलाई छुरा प्रहार गरी हत्या गरेर फरार रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिका– ६ का पाँच जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया निवासी २६ वर्षीय रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गरेको र २६ वर्षीय रिकेश सदालाई घाइते बनाइ फरार भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका ६ निवासी १९ वर्षीय श्रवणकुमार मण्डल, सोही ठाउँका २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान, १९ वर्षीय धर्मेन्द्र यादव र गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय भुवनप्रसाद महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले विभिन्न स्थानबाट पाँचै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।
गत शनिबार राति बाटोमा होहल्ला गर्दै आफ्नो घरतर्फ जाँदै गरेका रामप्रसाद सदालगायतको समूहलाई दीपक साहलगायतको समूहले किन होहल्ला गरेको, हल्ला नगरी आफ्नो घर जानु भने पश्चात् सोही विषयमा दुबै पक्षबीच विवाद भई झगडा हुँदा उक्त घटना भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका रामकुमार सदाको उपचारको क्रममा गोलबजारस्थित भूमिजा अस्पतालमा मृत्यु भएको थियो । रिकेश सदाको भने हाल सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना पश्चात आक्रोशित मृतकका आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध पार्नुको साथै बजार, पसलसमेत बन्द गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८२ - १७:१९
काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्...
पौष १९ गते, २०८२ - १७:०१
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई नभएको कानुनविद्हरूले बताएका छ...
पौष १९ गते, २०८२ - १६:४२
कङ्गो। अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकै साथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् । उत्तर(पश्चिम नर्थ ...
पौष १९ गते, २०८२ - १६:०२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्। भेनेजुएलाको राजधानी काराकासमा ...
पौष १९ गते, २०८२ - १५:४१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई कुनै पनि हालतमा विभाजित हुन नदिने र एकतावद्ध बनाउनेमा जोड रहने बताएका छन्। शनिबार डा।...
पौष १९ गते, २०८२ - १५:२५
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा आक्रमण गरेपछि देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। ...
पौष १९ गते, २०८२ - १५:२०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ। शनिबार बसेको क्षेत्...
पौष १९ गते, २०८२ - १४:५४
पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकी प्रदेशका नेता पुष्प अधिकारी राष्ट्रिय स्वतन्...
पौष १९ गते, २०८२ - १३:५३
फ्रान्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएको छन् । उनले इरानले प्र...
पौष १९ गते, २०८२ - १३:३३
काठमाडौँ। सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन...




प्रतिकृया लेख्नुहोस्: