Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

माओवादी महाधिवेशनको मञ्चमा जब जनयुद्धकालीन नेताको खोजी भयो...

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थिति छ । शनिबार मात्रै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको माओवादीको कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरूको उपस्थिति छ । 

जनयुद्धकालीन नेताहरू सिपी गजुरेल उपस्थित हुँदा डा बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रविक्रम चन्दलगायत नेताहरू उपस्थित भएको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने नेता तथा कार्यकर्ताको मनोभावना रहेको छ । जनयुद्ध सुरु गर्ने समयका तत्कालीन केन्द्रीय समितिमा रहेकामध्ये १७ जना केन्द्रीय सदस्य एवं नेताहरू यतिबेला माओवादीभन्दा बाहिर हुनुहुन्छ । महाधिवेशन हलले एकीकृत माओवादीको परिकल्पना गरेको छ । 

क्रान्तिकारी कम्यनिष्ट आन्दोलनको मूलप्रवाहका रूपमा रहेको माओवादी विभाजन, टुट फुट तथा विघटनको प्रक्रियाबाट अगाडि बढेको छ । तत्कालीन एकता केन्द्रबाट जनयुद्धको सुरुआत गर्दा माओवादीको रूपमा स्थापित भएको माओवादीका शीर्ष नेताहरू वैद्य, भट्टराई, चन्द र राबहादुर थापा फरक राजनीतिक दलमा लाग्नुभएको छ । 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा खचाखच भरिएका नेता तथा कार्यकर्ताले भने एकीकृत पार्टी निर्माणका लागि राजनीतिक नीति तथा कार्यक्रमसहित पुनः एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नेकपा ९क्रान्तिकारी माओवादी०का नेता सिपी गजुरेलले पूर्वमाओवादीहरू एकजुट हुनुपर्ने धारणा राख्दा सभाहलले ताली बजाएर स्वागत गरेको थियो । 

नेता गजुरेलले जनयुद्ध सुरु गर्नुभन्दा अगाडि बढेको केन्द्रीय समितिले गरेको प्रतिबद्धता स्मरण गरे पूर्वमाओवादीहरू एक हुने दिन आउने धारणा राखे । उनले राष्ट्रियताको जर्गेना तथा राजनीतिक नीति तथा कार्यक्रमसहित विचारमा एकठाँउमा आउने वातावरण बनाउन महाधिवेशनमा उपस्थित भएका प्रतिनिधि तथा पर्यवेक्षकलाई आग्रह गरे। 

नभएको उल्लेख गर्दै जनजीविका र राष्ट्रियताको सवालमा एकैठाँउमा आउने वातावरण बन्ने उल्लेख गरे । धेरै पछाडि माओवादी अध्यक्ष प्रचण्ड र नेता गजुरेलले प्रज्ञा प्रतिष्ठानको हलमा हात मिलाएको दृश्य आफँैमा अर्को महत्वपूर्ण थियो । माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण गणतन्त्र, सङ्घीयता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनको एजेण्डा संस्थागत भएको भन्दै विभिन्न राजनीतिक दलका नेताहरूले सहकार्य तथा सहमतिको कार्यसूचीलाई अझै अगाडि बढाउनुपर्नेमा जोड दिए ।  

माओवादीको त्याग र बलिदानको आधारमा स्थापित भएको गणतन्त्र, सङ्घीयता तथा समावेशिताको प्रतिनिधित्व स्थापित भएको राजनीतिक परिदृश्यलाई अन्य राजनीतिक दलले स्वीकार गरेको अवस्था छ । तत्कालीन नेकपा९एमाले० सँग राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको एजेण्डा अगाडि बढाउने लक्ष्यका साथ पार्टी एकता भए पनि लामो समयसम्म टिक्न सकेन । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि माओवादी र एमाले फरक फरक दलका रुपमा पुनः स्थापित भए । 

तत्कालीन नेकपा विभक्त भएर तीन वटा पार्टीका रूपमा स्थापित भएको छ । तैपनि क्रान्तिकारी कम्युनिष्टको एकतालाई अगाडि बढाउनुपर्नेमा नेताहरूको थप जोड थियो । त्यति मात्रै होइन, माओवादी जनयुद्ध र मधेश जनविद्रोहका कारण सङ्घीयता स्थापित भएको तथ्यलाई नेताले महाधिवेशन स्थलमा समरण गरे । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुकमा गणतन्त्र आउने थिएन भन्ने टिप्पणी गरे । उनले गणतन्त्र आए पनि जनयुद्ध र जनविद्रोहका कतिपय एजेण्डा अझै पूरा हुन बाँकी रहेको बताउँदै बाँकी कार्यसूचीलाई पूरा गर्न लाग्नुपर्नेमा जोड दिए।  

उनले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता महत्वपूूर्ण उपलब्धि कतै धरापमा पर्ने हो कि भन्ने आशंका उत्पन्न भएको भन्दै अघिल्ला  प्रधानमन्त्रीले गरेका गल्तीलाई गनेर मात्र समस्या समाधान नहुने बताए । 

नेकपा९माले०का महासचिव सिपी मैनालीले जनयुद्धले स्थापित गरेको लक्ष्यलाई स्मरण गर्न आग्रह गरे । उनले जनयुद्धले राजनीतिक परिवर्तन गरेको भए पनि जनताको जीवनस्तरमा सुधार नआएको भन्दै जनयुद्धको लक्ष्य स्मरण गर्न आग्रह गरेका थिए । 

राप्रपाका नवनिर्वाचित महामन्त्री कुन्ती शाहीले राष्ट्रियता र जनतालाई अधिकार स्थापित गराउने सवालमा माओवादीसँग आफूहरूको एजेण्डा मिल्ने भन्दै देशहितका विषयमा एक आपसमा सहकार्य गर्न सकिने बताइन् । एमालेका महासचिव शङ्कर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकामा पछुतो व्यक्त गरे । उनले राजनीतिक एजेण्डा र जनतालाई अधिकार सम्पन्न बनाउने विषयमा वामपन्थी शक्तिबीच मतैक्य भए पनि समृद्धिको सवालमा समान धारणा बन्न नसकेकामा गुनासो गरे । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले परिवर्तनका एजेण्डालाई धरापमा पार्ने गरी प्रतिगमनले टाउको उठाइरहेको बेला वामपन्थी र लोकतान्त्रिक शक्तिबीचको एकता अझै अपरिहार्य रहेको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारमा देउवाको एकल सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...

आशा छ - मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending