Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

कृषि प्रधान देशमा मल र बीउको कुनै कमी हुन नदिन प्रधानमन्त्रीको निर्देशन

कुनै पनि व्यक्ति खोपबाट वञ्चित हुन नपरोस् -प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई प्रभावकारी रुपमा आधारभूत सेवा उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताउँदै यसमा लाग्न सबैलाई आग्रह गरेका छन् । सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास प्राथमिकता चालु आर्थिक वर्षको पाँच महिनाको प्रगति र सुशासन प्रवद्र्धन सम्बन्धमा नेपाल सरकारका सबै मन्त्री र सचिवलाई निर्देशन दिँदै आज उनले सो कुरा बताएको हो । 

जाडो बढेसँगै हिमपात र शीतलहरले जनजीवन प्रभावित भएको उल्लेख गर्र्दै उनले जनतालाई आवश्यक सेवा प्रदान गर्न निर्देशन दिए । साथै प्रधानमन्त्री देउवाले कृषिप्रधान मुलुकमा मलखाद र बीउको कुनै कमी हुन नदिनसमेत आग्रह गरे ।

विकास निर्माण र जनतालाई सेवा दिने काममा अवरोधका रुपमा देखिने कानुनी समस्या समाधानका लागि लाग्न निर्देशन दिँदै प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सबै सचेत रहेको र यसलाई नियन्त्रण गर्न सबैको सहयोगको अपेक्षा गरे । मुलुक जलस्रोतको अपार भण्डारण भएकाले लगानीकर्तालाई आकर्षित गरेर बढीभन्दा बढी जलविद्युत् उत्पादन गरी निर्यात गर्न सकिनेमा उनको जोड थियो ।

प्रधानमन्त्री देउवाले भने, “मुलुक अहिले धेरै किसिमले समस्यामा छ, कोभिड–१९ ले पनि ठूलो समस्या ल्याएको छ । बेमौसमी वर्षा र बाढी धेरै क्षति पु¥याएको छ । विपक्षी पार्टीले संसद् सुचारु गर्न नदिएर अर्को समस्या खडा गरेको छ । यसले संसद्मा महत्वपूर्ण विषयमा गर्नुपर्ने छलफल हुन सकेको छैन । संसद्मा होहल्लाका बीचमा कतिपय कुरा पास गरेका छौँ, त्यो उचित त होइन तैपनि गर्नुपर्ने बाध्यता छ ।”

विकास निर्माणमा कार्यान्वयको समस्या पुरानै रहेको बताउँदै उनले समाधानका लागि विकासे मन्त्रालय र अर्थ मन्त्रालयबीच निरन्तर छलफल र सल्लाह गरेर अघि बढ्न निर्देशन दिए । राष्ट्रिय गौरवका आयोजनामा अपेक्षित प्रगति हुन नसकेको बताउँदै उनले सम्बन्धीत निकायलाई ध्यान दिन निर्देशन दिए।
 
कोभिड–१९ का बेला सरकारले धेरै महत्वपूर्ण निर्णय गरेको जानकारी गराउँदै उनले निःशुल्करुपमा कोभिडविरुद्धको खोप वितरण गर्ने नीतिले सफलता हासिल गरेको बताए । अझै पनि यसलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिँदै उनले खोप सहयोग गर्ने मुलुक तथा बहुपक्षीय निकायलाई धन्यवादसमेत दिए ।  

“सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनाताको जीवन हो । सबैको जीवन बचाउनुछ । अझै पनि कोभिडको समस्या हुन सक्छ । त्यसकारण प्राथमिकतामा राखेर खोपको मात्रा बढाउनुछ । कुनै पनि व्यक्ति खोपबाट वञ्चित हुन नपरोस् । खोपका सम्बन्धमा जनतालाई अझै सचेतना कार्यक्रम गर्नुपर्ने आवश्यकता पनि मैले देखेको छु”, प्रधानमन्त्री देउवाले भन ।  

उनले निकट भविष्यमै तीनैतहका निर्वाचन गर्नुपर्ने भन्दै आयोगलाई सरकारले सक्दो सहयोग गर्ने बताए। निश्पक्ष, विश्वसनीय र भरपर्दो निर्र्वाचनका लागि सबैले लाग्नुपर्नेमा जोड दिँदै निर्वाचनमा सत्ता गठबन्धनले आपसी तालमेल गर्दै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थव्यवस्थाको पछिल्लो तथ्याङ्क र अवस्थाबारे अवगत गराउँदै नीतिगत सुधार, संस्थागत संरचनाको क्षमता अभिवृद्धि, ढिलासुस्तीको अन्त्य, विकासको बाधक बनेका कानुनी पक्ष हटाउन सबै मन्त्रालय र निकायबीच समन्वयको खाँचो रहेकामा जोड दिए ।  

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतका राज्यमन्त्री उमेश श्रेष्ठले वर्तमान सरकार गठनपछि हासिल भएका उपलब्धिबारे बताउँदै सरकारले सुशासन र विकासका लागि थुप्रै नीतिगत र संस्थागत कार्यक्रम अघि बढाएको जानकारी गराए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले विकास आयोजनाका प्रगती र चुनौतीबारे अवगत गराउँदै जलवायु परिर्वतनको असरले आगामी दिनमा पूर्वाधार विकासमा थपिने चुनौतीका सम्बन्धमा ध्यानाकर्षण गराएका थिए । नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले सरकारले विकास निर्माण र जनतालाई पु¥याउनुपर्ने सेवाका सम्बन्धमा भएका कामकारबाहीबारे बताउँदै राजनीति र प्रशासन एक अर्काका परिपूरक भएकाले विश्वास, सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालले चालु वर्षको विकास आयोजना तथा कार्यक्रम कार्यान्वयनको व्यवस्था बारे प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा नेपाल सरकारका मन्त्री, सचिव, विभिन्न निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending