Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

कोरोना सङ्क्रमणका बेला प्राधिकरणको कमाइ कति ?

खबरडबली संवाददाता
काठमाडौं । कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र  सामाजिक क्षेत्रमा असर प¥यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर प¥यो । पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र होटल क्षेत्र प्रताडित भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने मुनामा कमाएको छ । प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदनअनुसार आब (२०७७/७८ मा प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक रु दुई अर्ब सात करोड ३२ लाख प्रक्षेपण गरिएकामा रु ५७ करोड ४५ लाख अर्थात् २७दशमलव७१ प्रतिशतले बढ्न गई रु दुई अर्ब ६४ करोड ७७ लाख आम्दानी भएको छ । 
 
त्यसैगरी विमानस्थल विकास शुल्कतर्फ रु ६० करोड २८ लाख प्रक्षेपण गरिएकामा यथार्थमा रु २९ करोड ३२ लाख अर्थात् ४८दशमलव६४ प्रतिशतले घट्न गई रु ३० करोड ९६ लाख आम्दानी भएको छ ।आव २०७५÷७६ मा रु नौ अर्ब एक करोड १८ लाख रहेको प्राधिकरणको कूल आम्दानी कोरोनाको असरले गर्दा आव २०७६÷७७ मा करिब २९ प्रतिशतले घट्न गई रु छ अर्ब ३७ करोड ४९ लाख पुगेको छ । आव २०७७÷७८ को कूल आम्दानी आव २०७५÷७६ को तुलनामा करिब ६७ प्रतिशतले न्यून अर्थात् रु दुई अर्ब ९५ करोड ७३ लाख पुगेको छ ।
 
आव २०७७÷७८ मा प्राधिकरणको पुँजीगत खर्चतर्फ रु ३० हजार ६४ करोड ४८ लाख, कार्य सञ्चालनमा रु तीन अर्ब ५६ करोड ६० लाख, आयकर तथा अन्य खर्च रु छ अर्ब ८९ करोड ९५ लाख गरी जम्मा रु ४१ अर्ब ११ करोड तीन लाख व्यय अनुमान गरिएकामा पुँजीगत खर्च रु ११ अर्ब ३६ करोड २८ लाख, कार्यालय सञ्चालन खर्च रु दुई अर्ब ७५ करोड ९२ लाख र आयकर तथा अन्य खर्च रु दुई अर्ब ७० करोड १८ लाख गरी जम्मा रु १६ अर्ब ८२ करोड ४८ लाख खर्च भएको छ ।
 
चालू आव का लागि पुँजीगत खर्चतर्फ रु ३२ अर्ब तीन करोड ५५ लाख र कार्य सञ्चालनतर्फ रु चार अर्ब १० करोड ८४ लाख गरी जम्मा रु ३६ अर्ब १४ करोड ३९ लाख विनियोजन गरिएको छ । यस अतिरिक्त नेपाल सरकारलाई मू।अ।कर भुक्तानी रु दुई अर्ब ९२ करोड २३ लाख, लाभांश भुक्तानी रु ५२ करोड ३५ लाख, साँवा व्याज भुक्तानी रु ६६ करोड ४६ लाख, प्रशासकीय पुनरावलोकन तथा पुनरावेदनको लागि रु ४० करोड, कर्मचारी अवकास कोष तथा अन्य भुक्तानीको लागि रु ११ करोड ५६ लाख, कर्मचारी लाभान्स र स्थीर सम्पत्ति प्रतिस्थापनका लागि रु दुई अर्ब २२ करोड विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।
 
चालू आर्थिक वर्ष २०७८/७९ को स्रोततर्फ नियमित आम्दानी रु पाँच अर्ब ५९ करोड २९ लाख, विमानस्थल विकास शुल्क रु ७९ करोड एवं ऋण, शेयर तथा अनुदानबाट रु २१ अर्ब ३४ करोड ३५ लाख गरी जम्मा रु २७ अर्ब ७२ करोड ६४ लाख हुने अनुमान गरिएको छ । विसं २०७८/७९ मा प्राधिकरणको कूल बजेट रु ४३ ४३ अर्ब ६७ करोड ७७ लाख रहेको छ । प्राधिकरणको आव २०७६/७७ सम्मको कूल सञ्चित नाफा रु १६ अर्ब एक करोड २० लाख रहेको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनिष झाले उम्मेदवारी कायमै राखे, ‘आलोकाँचो राजनीति’ नगर्ने टिप्पणी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी कायमै रहेको घोषणा गरेका...

रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी फिर्ता, विपिन आचार्यलाई समर्थन गर्ने घोषणा

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन...

एलपिजी प्रतिबन्ध हटायो भारतले

नयाँदिल्ली। मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमश: सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी)मा लगाइ...

रास्वपा महामन्त्री दौडबाट राजुनाथ पाण्डे पछि हटे, प्रतिस्पर्धा पाँच जनाबीच सीमित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका उम्मेदवार राजुनाथ पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्। उनले पार्टीको एकता र सुदृढीक...

महामन्त्रीमा विपीन आचार्यलाई पाँच उम्मेदवारको समर्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका आकांक्षी पाँच नेताले विपीन आचार्य लाई समर्थन गर्ने घोषणा गरेका छन्। महामन्त्री पद...

सुनचाँदीको भाउ कति पुग्यो ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्...

रास्वपाको महामन्त्री दौडबाट कबिन्द्र बुर्लाकोटी बाहिरिए, अब ८ जनाबीच प्रतिस्पर्धा

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन्। चितवनमा जारी ...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएला ।  उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ । कम्तीमा २३५ ...

प्रचण्ड–नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेट, समसामयिक राजनीतिमा छलफल

काठमाडौं । पुष्पकमल दाहाल र माधवकुमार नेपाल ले डा. शेखर कोइराला सँग भेटवार्ता गरेका छन्। शुक्रबार विराटनगर स्थित कोइराला निवासमा भएको भेटमा देशको स...

रास्वपाका जगदीश खरेलले महामन्त्रीको उम्मेदवारी फिर्ता लिए

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य जगदीश खरेलले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन्। खरेलले सामाजिक सञ्जालमार्फत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending