पर्वत । कोभिड–१९ को सङ्क्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाई पर्वतले आग्रह गरेको छ । जिल्लाका अधिकांश क्षेत्रमा विद्यालय खुला गरेर स्वास्थ्यमापदण्ड बिनानै कक्षा सञ्चालन भइरहेपछि कार्यालयले पुनः ध्यानाकर्षण गराएको हो । कार्यालय प्रमुख उद्धिमराज पौडेलले आइतबार पत्र जारी गर्दै जिल्लाका सबै विद्यालयलाई माघ १५ गतेसम्म विद्यालय बन्द गरेर विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन ध्यानाकर्षण गराएको हो । आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी पुस २७ गतेदेखि माघ १५ गतेसम्म बिदा दिने उक्त अवधिमा विद्यार्थी सिकाइका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ ।
बिदाको अवधिमा प्रअले स्थानीय स्वास्थ्यचौकीसँग समन्वय गरी १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउन सहजीकरण गर्ने, १८ वर्ष भन्दा माथिका विद्यार्थी, शिक्षक, कर्मचारी, तथा अभिभावकलाई पूर्ण खोप लगाउन स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गर्न निर्देशन गरिएको छ ।
विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित परीक्षा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना हुनेगरी जेड आकारमा बसाइँ व्यवस्थापन गरी सञ्चालन गर्ने, माघ ७ गतेदेखि शिक्षण संस्थामा प्रवेश गर्ने सबैको खोप कार्ड अनिवार्य रुपमा साथमा राख्ने प्रबन्ध शिक्षण संस्थाले मिलाउन पनि निर्देशनमा उल्लेख छ । अर्को सूचना नभएसम्म विद्यालयमा सभा समारोह नगर्नसमेत आग्रह गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १३:०६
बाँके। लुम्विनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार कार्यालयले किरण नालामा पक्की पुल निर्माण सम्पन्न गरेपछि बाँकेको खजुरा ...
पौष १७ गते, २०८२ - १२:४८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको खोला किनार मापदण्ड कार्यान्वयनको निर्णयको विरोधमा सरोकारवालाले माइतीघरमा पुन: प्रदर्शन गरेका छन्। सर्वोच्च अदालत...
पौष १७ गते, २०८२ - १२:३०
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीनवटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न ख...
पौष १७ गते, २०८२ - १२:२१
रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २...
पौष १७ गते, २०८२ - १२:१५
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापा जिल्लाबाट ९ जना परेका छन्। झापा ठेगाना भएक...
पौष १७ गते, २०८२ - १२:०६
जुम्ला। जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्यालयमै राष्ट्रिय परिचयपत्रको फाराम नि:शुल्क भर्ने व्यवस्था सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडे...
पौष १७ गते, २०८२ - ११:५१
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे...
पौष १७ गते, २०८२ - ११:२७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पाले आफ्नो नाम फिर्ता लिन चाहेको बताएक...
पौष १७ गते, २०८२ - ११:०७
कञ्चनपुर। कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएको छन् । घाइते हुनेमा जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाटास्थित शुक्रर...
पौष १७ गते, २०८२ - ११:०१
काठमाडौँ। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकोमा आज पनि सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु द...




प्रतिकृया लेख्नुहोस्: