काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एमाले संविधान अनुसार निर्वाचनमा जाँदा जस्तोसुकै परिणाम स्वीकार्न तयार रहेको बताएका छन्। संविधानको मुल्य र मान्यताविपरित स्थानीय तहको निर्वाचन नगर्ने कुरा स्वीकार गर्न नसकिने बताए।
उनले भने, ‘उहाँहरुले अहिले मुल्य र मान्यताविरुद्धको ‘दूषित’ गठबन्धनमा हुनुहुन्छ। कसैलाई एक्लो पार्नकै लागि मात्रै गरिएको छ। यो गठबन्धनलाई पनि हामीले स्वीकारेका छौँ। अहिले पनि जाउँ न स्थानीय तहको निर्वाचनमा, संविधान अनुसार प्रतिनिधि सभाको निर्वाचनमा जाऔँ। प्रदेशसभाको निर्वाचनमा जाऔँ। हामी जुनसुकै परिणाम स्वीकार्ने पक्षमा छौँ। हामीले जित्दा एउटा, हार्दा अर्को साथीहरुको जस्तो तरिका जान्दैनौँ।’
अहिले आएर स्थानीय तह सम्बन्धी कानुन संविधानसँग बाझियो भन्ने सत्ता गठबन्धनका साथीहरुको तर्क एकदमै हाँस्यास्पद भएको उनको भनाइ छ।
‘यो कानुन अहिले सरकारमै भएका साथीहरुको पहल र कदममा भएको हो। उहाँले त्यसलाई कार्यान्वयनमा उहाँहरुले नै लैजानुभएको छ। २०७४ को चुनाव यही कानुन अनुसार भएको हो’ उनले भने, ‘हामीले राम्रोसँग सहयोग पुर्यायौँ। त्यसमा हाम्रो अनेकौं प्रश्न हुँदाहुँदै पनि हामीले कार्यान्वयनमा सहयोग गरेका हौँ। अब अहिले आएर निर्वाचनको मुखमा पुगेर त्यही पक्षका साथीहरु निर्वाचन सार्नको लागि निहुँ बनाउन खोज्दै हुनुहुन्छ। उहाँहरुको अहिलेको तर्क निर्वाचन सार्न या नगर्नका लागि गरिएको मात्रै हो।’
कानुन र संविधान अनुसार निर्वाचन आयोगको सिफारिस अनुसार स्थानीय तहको निर्वाचन गरेर अन्य निर्वाचनको बिषयमा छलफलमा आफ्ना कुरा राख्न तयार रहेको प्रष्ट पारे।
स्थानीय तहको निर्वाचन गर्ने बेलामा गर्न नसके प्रणालीमै असर पर्ने उनको भनाइ छ। दुई पटक केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गर्न प्रतिगमन भन्नेहरुले अहिले वैशाखमै संघीय निर्वाचन गरौँ भन्ने प्रस्ताव गर्ने कुनै नैतिक आधार नभएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १४ गते, २०८२ - ०८:५५
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...
माघ १४ गते, २०८२ - ०८:४५
खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...
माघ १४ गते, २०८२ - ०८:४१
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...
माघ १४ गते, २०८२ - ०८:०८
शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास
माघ १४ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...
माघ १४ गते, २०८२ - ०७:५५
काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...
माघ १४ गते, २०८२ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...
माघ १४ गते, २०८२ - ०७:२९
काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...
माघ १४ गते, २०८२ - ०७:२६
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा ...
माघ १४ गते, २०८२ - ०७:२१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...




प्रतिकृया लेख्नुहोस्: