काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीति र संरचनाको अभावमा अर्थतन्त्रलाई गतिशील तुल्याउन कठिन भएको बताएका छन् । अर्थतन्त्रका जानकारहरूसँग आज भएको छलफलमा उनले उक्त कुरा बताएको हो ।
“विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको अभाव छ”, मन्त्री शर्माले भने, “नीतिगत अभाव र जटिलताले विकासमा बाधा उत्पन्न भएको छ ।” उनले संविधानबमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनाका कारण अहिले अर्थतन्त्रमा समस्या देखापरेको बताए।
सबै समस्याहरूको जड राजनीति भएको बताउँदै उनले राजनीतिक दलहरूमा सहमतिको आवश्यकता रहेको, उनीहरूमा मुलुक सुहाउँदो स्पष्ट अर्थनीति बनाउनेबारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था आएको वास्तविकता प्रस्तुत गरे। “वास्तवमा अर्थतन्त्रमा देखिएका विभिन्न समस्याहरूको मूल समस्या भनेको राजनीतिक क्षेत्रको समस्या हो”, उनले भने, “नेपालको सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल अर्थनीतिको स्पष्ट राजनीतिक खाका आवश्यक छ ।”
छलफलका सहभागीहरूले तथ्याङ्कका आधारमा मुलुकको अर्थतन्त्र विषम नभए पनि यसलाई थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न तथा विदेशी मुद्रा सञ्चितिका लागि भुक्तानी सन्तुलन कायम नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन सुझाए । कृषि उत्पादकत्व वृद्धि, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधारलगायत अर्थतन्त्रलाई चलायमान तुल्याउँदै पूँजीगत खर्च बढाउनुपर्नेमा उनीहरूले जोड दिए।
छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा. शङ्कर शर्मा र डा. मीनबहादुर श्रेष्ठ, प्रा. डा. विश्वम्भर प्याकुरेल, भारतका लागि पूर्वराजदूत डा. दुर्गेशमान सिंह, अर्थराजनीतिक विश्लेषक हरि रोका, डा. रामकुमार फुयाँलले भाग लिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - १६:५७
रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...
आश्विन ४ गते, २०८१ - १६:४७
टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...
आश्विन ४ गते, २०८१ - १६:३३
तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...
आश्विन ४ गते, २०८१ - १६:२०
एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार
आश्विन ४ गते, २०८१ - १६:१४
काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...
आश्विन ४ गते, २०८१ - १६:०८
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...
आश्विन ४ गते, २०८१ - १६:००
काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...
आश्विन ४ गते, २०८१ - १५:४२
काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...
आश्विन ४ गते, २०८१ - १५:३२
गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...
आश्विन ४ गते, २०८१ - १५:२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...
प्रतिकृया लेख्नुहोस्: