लुुम्बिनी । लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो ।
तीमध्ये २४ लाख २६ हजार ६८० जनाले दोस्रो डोज खोप लगाएका छन् । प्रदेशभर १२ वर्ष माथिका ३९ लाख ६७ हजार ६७४ जना व्यक्ति रहेको अनुमान छ । तीमध्ये एक दशमलव ८१ प्रतिशत अर्थात् दुई हजार ४११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्युु भएको छ । प्रदेशमा अहिले सात हजार ६४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये १३१ जना अक्सिजनसहितको उपचारमा, २१ जना आइसीयू, दुई जना भेन्टिलेटर र अन्य बिरामी घरमै रहेका छन् ।
प्रदेशमा ११ लाख चार हजार ३५२ डोज खोप आवश्यक रहेको र अहिले १० लाख ८३ हजार ४७७ डोज खोप मौज्दात रहेको मन्त्रालयका सचिव डा विकास देवकोटाले जानकारी दिनुुभयो । कोरोना सङ्क्रमण यता लुुम्बिनी प्रदेशमा करिब ७ लाख जनाको कोरोना जाँच भएको र तीमध्ये एक लाख ३३ हजार ७६६ जना सङ्क्रमित भएका थिए । प्रदेशभरको कूल जनसङ्ख्याको १९ दशमलब १४ प्रतिशत नागरिक सङ्क्रमित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८२ - १७:०७
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रमाथि खतरा आएपछि आफुहरुलेमात्रै चासो राखेको बताएका छन् । शनिवार नेकपा एसनिकट आद...
बैशाख २० गते, २०८२ - १६:५६
वर्तमान संविधानलाई आँखा चिम्लिएर समर्थन गर्न सकिदैन
बैशाख २० गते, २०८२ - १६:४२
नेपालगञ्ज । कोहलपुर नगरपालिकामा आजदेखि जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रम सुरु भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारील...
बैशाख २० गते, २०८२ - १६:३५
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्...
बैशाख २० गते, २०८२ - १६:२४
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरेको छिन्। आज यहाँ आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआर...
बैशाख २० गते, २०८२ - १५:५८
फिदिम। संघीय सरकारले बाढीले पुल बगाएको पाँचथरको फिदिम १ र ११ लाई जोड्ने फेमे खोलाका मेची राजमार्ग स्थित पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेली नदीको बेलि...
बैशाख २० गते, २०८२ - १५:२१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका नीति तथा कार्यक्रम सही भएको दाबी गरेका छन् । शनिबार बालुवाटारमा आयोजित एमाले संसदीय दलको ...
बैशाख २० गते, २०८२ - १४:५१
धनगढी। भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्ड प्रदेशका उहाँका समकक्षी पुष्करसिंह धामीबिच आज भेटवार्ता भएको छ ...
बैशाख २० गते, २०८२ - १४:२९
दार्चुला। सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध ...
बैशाख २० गते, २०८२ - १४:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महिला सक्रिय भए सजिलै चुनाव जितिने बताएका छन्। शनिवारका माओवादी केन्द्रको काठमाडौंको दक्षि...
प्रतिकृया लेख्नुहोस्: