चितवन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए । उनले अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै भने, “केही च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ ।” अब हुने स्थानीय तहको निर्वाचन र त्यसपछिको प्रदेश तथा सङ्घीय निर्वाचनको परिणामले त्यसलाई प्रष्ट पार्ने उनको भनाइ छ ।
स्थानीय तहको निर्वाचन एमालेको दबाबका कारण समयमै हुन लागेको भन्दै उनले निर्वाचन नगर्न विभिन्न षड्यन्त्र भएको आरोप लगाए। निर्वाचनको समयमा जनप्रतिनिधिविहीन बनाउन नहुने तर्क गर्दै उनले भने, “सङ्घीयमा निर्वाचन हुँदा सरकारविहीनको कल्पना गर्न सकिँदैन, त्यसैगरी स्थानीय तह पनि रित्तो हुनु हुँदैन ।”
सरकारले निर्वाचन आयोगलाई उपयोग गरी आचारसंहिता र मतपत्रमा अमिल्दा कुरा सारेको आरोप लगाउँदै उनले भने, “संवैधानिक निकाय राजनीतिकको पक्षधरतामा नपरोस् भन्ने एमालेको धारणा हो ।” नेकपा ९एमाले० ले एकीकृत समाजवादीलाई राजनीतिक मान्यता नदिएको उल्लेख गर्दै उनले मान्यता पाएका कुनै पनि दलसँग ठाउँ विशेषमा गठबन्धन गर्न पार्टीलाई आपत्ति नरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...
आषाढ़ १५ गते, २०८३ - १५:३१
काठमाडौँ। राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२)बमोजिम अर्थमन्त्री डा...
आषाढ़ १५ गते, २०८३ - १५:०१
ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्न स...
आषाढ़ १५ गते, २०८३ - १४:४१
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षण प्रणालीको विकास वर्तमान समयको आवश्यकता भएक...
आषाढ़ १५ गते, २०८३ - १४:३०
काठमाडौँ। १०० शय्या क्षमता वा सोभन्दा बढी भएका मेडिकल कलेजहरूले अब पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन्। सर्वोच्च अदालतको फैसला कार्यान...
आषाढ़ १५ गते, २०८३ - १४:१९
काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिका र अधिकारबारे प्रश्न उठाउँदै संवैधानिक अङ्गका प्रमुख तथा न्यायाधीशलाई बोलाएर निर्देशन दिन...



प्रतिकृया लेख्नुहोस्: