Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

सोलु करिडोर प्रसारण लाइन : भोली नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गर्ने

खबरडबली संवाददाता

सोलु । लामो प्रयास र अथक मेहनतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइनको शनिबार उद्घाटन गरिने भएको छ । शुक्रबार भारत भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्न लागेको हो ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार सो आयोजना गत महिना मात्रै निर्माण सम्पन्न भएको हो । प्रधानमन्त्रीको भारत भ्रमणमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी हुनुहुने कार्यक्रम छ । सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको यसअघि नै परीक्षण गरिसकिएको छ ।

नेपाल सरकारको लगानी र भारतीय निर्यातआयात ९एक्जिम० बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइन लामो विवाद, स्थानीयवासीको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्याका कारण धेरै जटिलता भोग्नु परेको थियो । सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ । यस्तै प्रसारण लाइनमा टावरको सङ्ख्या ३०२ वटा छ ।

सोलु करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत तिङ्गलामा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, ८ एमभिए क्षमताको सबस्टेशन निर्माण  गरिएको छ । सबस्टेशन निर्माण सम्पन्न गरी २०७६ भदौ ७ देखि सञ्चालनमा छ । तिङ्ला सबस्टेशनबाटै सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा विद्युत् आपूर्ति भइरहेको छ ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ठेकेदार छनोट देखिएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्थालगायतका कारण आयोजना निर्माणमा केही ढिलाइ भएकोे थियो ।

सोलु नदी जलाधार क्षेत्रमा निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ । बर्खाको समयमा पूर्ण क्षमतामा चल्न नसकेको २३।५ मेगावाटको सोलु खोला र अन्य निर्माणाधीन जलविद्युत् आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत् प्रवाहको समस्या समाधानमा प्रसारण लाइनको निर्माणपछि सहज भएको छ ।
 
ती आयोजनाको विद्युत् सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लामा स्वदेशी उत्पादनबाट आपूर्ति दिन सकिने र बढी भएको विद्युत् ढल्केबर सबस्टेशनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो हुने प्राधिकरणले जनाएको छ ।

तिङ्ला सबस्टेशनबाट विद्युत् आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङको विद्युत् सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घट्ने छ । कूल २३।५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला ९दूधकोसी० ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत् आयोजनाको विद्युत् तिङ्ला सबस्टेशनमा जोडिनेछ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग ३२५ मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता ९पिपिए० गरेको छ । 

सोलु करिडोर प्रसारण लाइनको निर्माणमा केही ढिला हुने देखिएपछि २३।५ मेगावाटको सोलु खोला जलविद्युत् आयोजनाको विद्युत् २०७७ को फागुनदेखि अस्थायीरुपमा ३३ केभी लाइनमा जोडिएको थियो । प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका–४ मरुवामा करिब दुई वर्ष अवरोध भएको थियो । सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै ठूला समस्या र अवरोध भोगिएको तथा यसबाट पाठ सिक्दै अन्य आयोजना निर्माण गरिनुपर्ने आयोजना प्रमुख जनार्दन गौतमको भनाइ छ । 

उनले लामो मेहनतपछि प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको जानकारी दिए । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७३ को असोजदेखि कार्यान्वयनमा आएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैशाख मसान्तसम्म ९२ करोड कर सङ्कलन

बागलुङ। आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ । चालु वर्षमा एक अर्ब ४३ करोड ३४...

लागुऔषध नियन्त्रणमा रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय: गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको...

शिक्षा र स्वास्थ्यमा कर लगाइएको भन्दै सांसद सिंहको आपत्ति

काठमाडौँ । प्रतिनिधिसभामा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको ...

सरकारको आगामी बजेट ‘फुकेको बेलुन’ जस्तो, कार्यान्वयनमा विश्वास छैन: सांसद सिंह

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुनेमा गम्भीर शंका व्यक्त गरेका छन्। ...

ग्रामीण तथा विकट क्षेत्रका समस्यालाई बेवास्ता गरियो: हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई कडा आलोचना गरेका छन्। उनले बजेटलाई “खुट्टाको घाउजस्...

एमालेको प्रश्न : प्रधानमन्त्री बालेनको अभिव्यक्तिमा ताली बजाउने सांसद को–को हुन् ?

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको एक अभिव्यक्तिलाई लिएर तीव्र आपत्ति जनाएको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महर...

फुटबलर विशाल राखेपको उपाध्यक्ष नियुक्त, राखेपद्वारा स्वागत

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएको छन् । शिक्षा तथा खेलकुदमन...

ओलीलाई रास्वपाको सदस्य बनाइएको फेक पोस्टरबारे एमाले सांसदको आपत्ति

काठमाडौं। प्रतिनिधिसभा बैठकमा सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरको विषय उठाइएको छ। उक्त पोस्टरमा केपी शर्मा ओली लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार  राजस्व दाखिला भएको छ ...

इभी आयात प्रकरणमा संसदीय छानबिन समिति आवश्यक - राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विद्युतीय सवारीसाधन (इभी) आयात सम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending