काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल मोबाइल व्यवसायी महासङ्घको प्रथम साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उहाँले नेपाललाई दक्षिण एसियामै समृद्ध बनाउन सकिने धेरै आधार रहेको भन्दै पर्याप्त छलफलका आधारमा त्यसलाई सही ढङ्गबाट परिचालन गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बताए।
सरकारका प्रवक्ता कार्कीले भने, “हामी उदार अर्थतन्त्र र खुल्ला समाजमा विश्वास गर्दछौँ, आज हाम्रो अगाडि एउटै चुनौती छ कि मुलुकलाई यही पुस्तले कसरी धनी बनाउने । यो चुनौतीलाई पूरा गर्न हामी आ–आफ्ना क्षेत्रबाट इमान्दारी, समर्पण र प्रस्ट दृष्टिकोणका साथ अगाडि बढ्यो भने धेरै गाह्रो छैन ।”
उहाँले समग्र मोबाइल क्षेत्रमा देखिएका समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित भएको बताए । “मेबाइल व्यवसायीको प्रमुख जटिल समस्या मोबाइलको आयात र व्यवसाय हो भन्ने लाग्छ, यो समस्याको समाधान गर्नका लागि नेपाल दूरसञ्चार संस्था प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तदारुकताका साथ लागू हुनेछ, सरकार तपाइँको साथमा छ, मोबाइल व्यवसायलाई अगाडि बढाउन सरकार सहयोग गर्न तयार छ ।”
‘सामाजिक परिचानसहितको व्यवसायी सुरक्षा’ भन्ने मूल नाराका साथ यही असार २०७८ मा स्थापना भएको महासङ्घ मोबाइल व्यवसायीहरुको सङ्गठित सङ्गठन हो । महासङ्घका अध्यक्ष भरत भट्टराईले सरकारको नीतिनियमभित्र रही सञ्चालन भइरहेको मोबाइल व्यवसायलाई धराशयी बनाउन कर छली गरी ल्याइएका र ल्याइने अवैध सामग्रीमा पूर्ण रुपमा रोक लगाउन सम्बन्धित निकायसँगको सहकार्यमा पहल गर्ने बताए। महासङ्घले सो कार्यक्रममा क्याप्टेन विजय लामा, समाजसेवी अनुराधा कोरइला र डा सन्दुक रुइतलाई सम्मान प्रदान गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...



प्रतिकृया लेख्नुहोस्: