काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.७९ अङ्कले ओरालो लागेर दुई हजार ३८५.०१ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७६ अङ्कले ओरालो लागेर ४४९.१२ मा ओर्लेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर रु एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ बराबरको कारोबार भयो । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु ३३ खर्ब ८३ अर्ब २१ करोड ८६ लाख ८० हजार बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज होटल तथा पर्यटन ३.१४ अङ्कले उकालो लागेको छ । बैंकिङ १२.९४, व्यापार ४०.७८, विकास बैंक ७१.५७, जलविद्युत् ५२.९२, वित्त ४५.०५, निर्जीवन बीमा २३५.१२, उत्पादन ९९.७, अन्य ४८, लघुवित्त ५१.३७, जीवन बीमा २१४.२३, सामूहिक लगानी ०.१९ र लगानी १.६२ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा हिमालयन डिस्ट्रिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ७५ एक हजार ५५० बराबरको कारोबार भयो । नबिल बैंक रु चार करोड ३४ लाख आठ हजार ४६३, शिवम् सिमेन्ट रु तीन करोड ८८ लाख ३० हजार ५६१, नेपाल पूर्वाधार बैंक रु तीन करोड ७० लाख ९३ हजार ४५५ र अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ४६ दुई हजार ४६९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार नेस्डो समृद्धि लघुवित्त १०, एनआइसी एशिया सेलेक्ट फण्ड ३.५३, प्राइम बैंकको ऋणपत्र २, नेपाल इन्भेस्टमेन्ट बैंक २ र मञ्जुश्री फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए । यस्तै, इमर्जिङ नेपाल ६.५९, न्यादी हाइड्रोपावर ६.०७, घलेम्दी हाइड्रो ५.९०, राष्ट्र उत्थान लघुवित्त ५.३६ र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ५.३४ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: