Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

विमानस्थल चुस्तदुरुस्त बनाउन मन्त्री आलेको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका विमानस्थललाई थप विकसित बनाई चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिएका छन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बोर्ड सदस्यमा नियुक्त हुनुभएका दुई सदस्यलाई आज बोर्ड बैठकमा स्वागत गर्दै उहाँले विमानस्थललाई थप सुरक्षित तथा चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिए। 

नयाँ नियुक्त हुनुभएका सदस्यमा पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर तथा रोशना चित्रकार छन् । प्राधिकरणको बोर्ड सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री आलेले नवनियुक्त सदस्यसहित सबै पदाधिकारीलाई नागरिक उड्डयन प्राधिकरणको हितका लागि काम गर्न निर्देशन दिए।

केही हप्ता पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा घेराको तारबारबाट एक जना नागरिकभित्र छिरी जहाजभित्र पसेको उल्लेख गर्दै उनले सुरक्षा व्यवस्थालाई थप कडाइ गर्नुपर्नेमा जोड दिए । उनले भने, “विमानस्थल भनेको अतिसंवेदनशील क्षेत्र हो, गैरव्यक्ति छिर्न नदिन सुरक्षा व्यवस्था बलियो र मजबुद बनाउनु होला ।”

यसैगरी मन्त्री आलेले पछिल्लो समय नेपालका विभिन्न विमानस्थलमा जङ्गली जनवार बँदेल, स्याल छिर्ने तथा जहाज सञ्चालनमा समस्या हुने गरेको भन्ने सुनिएकाले विमानस्थलका पेरिमिटरमा नियमित गस्ती गर्न थप टोली परिचालन गर्नसमेत आग्रह गरे। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको उडान अवतरणमा ढिलाइ हुने तथा केही दिन पहिलेको भिजिबिलिटीका कारण उडान अवतरणमा समस्या भएको विषयमा ट्वीटरमा विभिन्न कमेन्ट आएकाले त्यस्ता ट्वीटरको तत्काल रेस्पन्स तथा उत्तर दिनका लागि एक छुट्टै कर्मचारी खटाउन तथा ट्वीटरको तत्काल उत्तर दिनसमेत निर्देशन दिए। 

विमानस्थलको अवस्थाका बारेमा दैनिक नागरिकलाई जानकारी हुने गरी सूचना प्रवाह गर्नसमेत मन्त्री आलेले प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending