Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भरतपुर माओवादीलाई छाड्ने देउवाको संकेत, सहमति नभए मित्रवत् प्रतिस्पर्धा !

देउवा भन्छन् : नगर सभापतिले उपमेयर लड्छु भनिसक्नुभयो

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रलाई छाड्ने संकेत गरेका छन् ।

गठबन्धनमा महानगर र उपमहानगरको भागबण्डाको बिषयले विवाद भइरहेको बेलामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा देउवाले भरतपुर महानगर माओवादीलाई छाड्ने संकेत गरेको हुन्।

भरतपुरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी रेणु दाहाललाई दोहोर्याउने प्रयास गरिरहेका छन्। ०७४ सालमा पनि कांग्रेसको सहयोगमा रेणुलाई जिताएका प्रचण्डले अहिले पनि छोड्ने मनस्थिती बनाएका छैनन्। तर, देउवाले छाड्ने संकेत गरेपनि पार्टीभित्रै उनीमाथि ठुलो दबाव छ।

कांग्रेसका अधिकांश नेताहरु ६ वटा महानगर र ११ वटै उपमहानरको नेतृत्व छाड्न नसक्ने पक्षमा छन्। महामन्त्री गगनकुमार थापाले महानगर र उपमहानगरपालिकाको तालमेलबारे निर्णय गर्नुअघि नगर कमिटी र जिल्लाको राय लिनुपर्ने बताए भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले मेयरमा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन नगरे मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

तर, सभापति देउवाले भरतपुर महानगर कमिटीकै सभापतिले उपमेयर लड्न तयार छु भनिसकेको बताएका छन् ।

बैठकमा देउवाले भनेका थिए, 'नगर कमिटीका सभापतिले मलाई उपमेयर लड्छु भनिसक्नुभएको छ।' 

प्रधानमन्त्रीसमेत रहेका देउवाले कांग्रेसका कारण गठबन्धन टुट्न नहुने प्रष्ट मत राखेका छन् । गठबन्धनको बलमा आफु प्रधानमन्त्री बनेको भन्दै चुनावीका मुखमा धोका दिन नहुने बताए। 

तर, चितवन कांग्रेसका नेताहरुले भरतपुर महनगर नभए विद्रोह गर्ने चेतावनी दिइसकेका छन्। शनिबार मात्रै भरतपुरका ५० जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिइसकेका छन्।

मित्रवत् प्रतिस्पर्धा 

नेपाली कांग्रेसले सत्ता गठबन्धनको दल बाहेक एमालेसँग चुनावी तालमेल नगर्न निर्देशन दिएको छ। महानगर र उपमहानगरको कार्यसम्पादन समितिको बैठकले एमालेलाई जित्ने सुनिश्चितता सहित मित्रवत् प्रतिस्पर्धा गर्न भनेको हो।

बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भनेका थिए,‘महानगर र उपमहानगरबाहेक स्थानीय वस्तुस्थिति र आवश्यकता अनुसार केन्द्रीय समितीको बैठकको निर्णयअनुसार हुन्छ। समझदारी हुन सक्दैन भने एमालेलाई जित्छौँ भन्ने आयो भने मित्रवत् प्रतिस्पर्धा हुन्छ। तर, एमालेलाई जित्न सकिने सुनिश्चित हुनुपर्छ। गठबन्धनका दलबीच बाहेक एमालेसँग गठबन्धन गर्न पाइँदैन।’

महानगर र उपमहानगरको भागबण्डा केन्द्रले निर्णय गर्ने उनले बताए। तर, नगरपालिका र गाउँपालिकाको हकमा गठबन्धनको सहमतिअनुसार जिल्ला सभापति र क्षेत्रीय सभापतिसहितको टोलीले गठबन्धन दलका स्थानीय नेतृत्वसँग छलफल गर्ने बताए।

प्रवक्ता महतले भनेका थिए, ‘महानगर र उपमहानगरको बिषयमा केन्द्रले कहाँ गठबन्धन गर्ने भन्नेबारेमा गठबन्धन शीर्ष तहमा निर्णय भएअनुसार सुझाव लिनको लागि छलफल भइरहेको छ। निर्णयमा भएको छैन।’

उनले केन्द्रले स्थानीय तहमा गठबन्धन गर भनेर दबाब नदिने बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending