Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

भरतपुर माओवादीलाई छाड्ने देउवाको संकेत, सहमति नभए मित्रवत् प्रतिस्पर्धा !

देउवा भन्छन् : नगर सभापतिले उपमेयर लड्छु भनिसक्नुभयो

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रलाई छाड्ने संकेत गरेका छन् ।

गठबन्धनमा महानगर र उपमहानगरको भागबण्डाको बिषयले विवाद भइरहेको बेलामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा देउवाले भरतपुर महानगर माओवादीलाई छाड्ने संकेत गरेको हुन्।

भरतपुरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी रेणु दाहाललाई दोहोर्याउने प्रयास गरिरहेका छन्। ०७४ सालमा पनि कांग्रेसको सहयोगमा रेणुलाई जिताएका प्रचण्डले अहिले पनि छोड्ने मनस्थिती बनाएका छैनन्। तर, देउवाले छाड्ने संकेत गरेपनि पार्टीभित्रै उनीमाथि ठुलो दबाव छ।

कांग्रेसका अधिकांश नेताहरु ६ वटा महानगर र ११ वटै उपमहानरको नेतृत्व छाड्न नसक्ने पक्षमा छन्। महामन्त्री गगनकुमार थापाले महानगर र उपमहानगरपालिकाको तालमेलबारे निर्णय गर्नुअघि नगर कमिटी र जिल्लाको राय लिनुपर्ने बताए भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले मेयरमा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन नगरे मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

तर, सभापति देउवाले भरतपुर महानगर कमिटीकै सभापतिले उपमेयर लड्न तयार छु भनिसकेको बताएका छन् ।

बैठकमा देउवाले भनेका थिए, 'नगर कमिटीका सभापतिले मलाई उपमेयर लड्छु भनिसक्नुभएको छ।' 

प्रधानमन्त्रीसमेत रहेका देउवाले कांग्रेसका कारण गठबन्धन टुट्न नहुने प्रष्ट मत राखेका छन् । गठबन्धनको बलमा आफु प्रधानमन्त्री बनेको भन्दै चुनावीका मुखमा धोका दिन नहुने बताए। 

तर, चितवन कांग्रेसका नेताहरुले भरतपुर महनगर नभए विद्रोह गर्ने चेतावनी दिइसकेका छन्। शनिबार मात्रै भरतपुरका ५० जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिइसकेका छन्।

मित्रवत् प्रतिस्पर्धा 

नेपाली कांग्रेसले सत्ता गठबन्धनको दल बाहेक एमालेसँग चुनावी तालमेल नगर्न निर्देशन दिएको छ। महानगर र उपमहानगरको कार्यसम्पादन समितिको बैठकले एमालेलाई जित्ने सुनिश्चितता सहित मित्रवत् प्रतिस्पर्धा गर्न भनेको हो।

बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भनेका थिए,‘महानगर र उपमहानगरबाहेक स्थानीय वस्तुस्थिति र आवश्यकता अनुसार केन्द्रीय समितीको बैठकको निर्णयअनुसार हुन्छ। समझदारी हुन सक्दैन भने एमालेलाई जित्छौँ भन्ने आयो भने मित्रवत् प्रतिस्पर्धा हुन्छ। तर, एमालेलाई जित्न सकिने सुनिश्चित हुनुपर्छ। गठबन्धनका दलबीच बाहेक एमालेसँग गठबन्धन गर्न पाइँदैन।’

महानगर र उपमहानगरको भागबण्डा केन्द्रले निर्णय गर्ने उनले बताए। तर, नगरपालिका र गाउँपालिकाको हकमा गठबन्धनको सहमतिअनुसार जिल्ला सभापति र क्षेत्रीय सभापतिसहितको टोलीले गठबन्धन दलका स्थानीय नेतृत्वसँग छलफल गर्ने बताए।

प्रवक्ता महतले भनेका थिए, ‘महानगर र उपमहानगरको बिषयमा केन्द्रले कहाँ गठबन्धन गर्ने भन्नेबारेमा गठबन्धन शीर्ष तहमा निर्णय भएअनुसार सुझाव लिनको लागि छलफल भइरहेको छ। निर्णयमा भएको छैन।’

उनले केन्द्रले स्थानीय तहमा गठबन्धन गर भनेर दबाब नदिने बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE