सुर्खेत । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन् ।
स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नं २, ३ र ४, मुगुको खत्याड गाउँपालिका वडा नं ८ र १० तथा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ औलो रोगको उच्च जोखिममा रहेका स्थानमा पर्दछन् ।
मध्यम जोखिममा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ५, चङ्खेली गाउँपालिका–२, सर्केगाड गाउँपालिका–२, ताजाकोट गाउँपालिका–२, सुर्खेतको भेरीगङ्गा नगरपालिका–७, वीरेन्द्रनगर नगरपालिका–१०, गुर्भाकोट नगरपालिका–१३, लेकबेँसी नगरपालिका–७ र १०, पञ्चपुरी नगरपालिका–९ रहेका छन् ।
कर्णालीमा अधिकांश भारतबाट फर्कने नागरिकमा औलो फेला परे पनि जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण लामखुट्टे देखिन थालेपछि यसको प्रभाव विस्तार भएको बताइएको छ ।
प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा १४ जना छन् । हुम्लामा पाँच, मुगुमा छ, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुमपश्चिममा एक जना छन् ।
मलेरिया भनेर चिनिने यो रोग ‘प्लाज्मोडियम’ नामक परजीविका विभिन्न जातहरूबाट हुने गर्दछ । ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा मलेरियाका परजीवि सर्ने गर्दछन् । मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषमा विकास भई हुर्किएका परजीवि रगतको माध्यमबाट शरीरभरि फैलिएर विभिन्न लक्षण देखा पर्दछन् ।
औलो रोगका परजीवि भएको लामखुट्टेको टोकाइ भएको १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्नेजस्ता लक्षणहरु देखा पर्दछन् ।
निर्देशनालयले औलोको निःशुल्क परीक्षण तथा उपचार, हरेक बिरामी तथा जोखिम क्षेत्रको खोजपड्ताल, किटनाशक झुल वितरणलाई तीव्रता दिएको जनाएको छ । निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत आचार्यले औलो प्रभावित क्षेत्रमा गर्भवती महिलालाई लक्ष्य गरी यस वर्ष दुई हजार ६७१ थान झुल वितरण गरिएको बताए ।
नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई पूर्ण अैलोमुक्त बनाउने राष्ट्रिय रणनीतिअनुसार सन् २०२२ सम्म औलोबाट हुने स्थानीय मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । ‘औलो भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ सोमबार विश्व औलो दिवस मनाइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ०८:४३
चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...
फाल्गुन २२ गते, २०८२ - ०८:३७
काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...
फाल्गुन २२ गते, २०८२ - ०८:३४
काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...
फाल्गुन २२ गते, २०८२ - ०८:२८
काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...
फाल्गुन २२ गते, २०८२ - ०८:१२
कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...
फाल्गुन २२ गते, २०८२ - ०८:१०
दमौली । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...
फाल्गुन २२ गते, २०८२ - ०८:०७
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...
फाल्गुन २२ गते, २०८२ - ०८:०४
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...
फाल्गुन २२ गते, २०८२ - ०७:४५
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...



प्रतिकृया लेख्नुहोस्: