तनहुँ । आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् ।
उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको व्यास नगरपालिका सहित अन्य पालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) लगायत दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।
कांग्रेसले पहिलो चुनावीसभा व्यास–१३ बेलवासमा गरेको छ । व्यासमा कांग्रेसका तर्फबाट प्रमुखमा वैकुण्ठनाथ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरैले उम्मेदवारी दिए। व्यासलाई उपमहानगरपालिका बनाउन संरचना निर्माणतर्फ मुख्य ध्यान रहने प्रमुखका उम्मेदवार न्यौपानेले बताए।
एमालेबाट व्यास नगरको प्रमुख उम्मेदवार दीपकराज जोशी र उपप्रमुख उम्मेदवार बसुन्धरा घर्ती उम्मेदवारको घरमा पुगी मत माग्न व्यस्त छन्। व्यासलाई सुव्यवस्थित, समुन्नत र सुन्दर नगरपालिका बनाउने योजनासहित चुनावी मैदानमा होमिएको प्रमुखका उम्मेदवार जोशीले बताए।
यसैगरी सत्ता गठबन्धनबाट शुक्लागण्डकी नगरपालिकाका प्रमुखका उम्मेदवार कृष्णराज पण्डित र उपप्रमुखका उम्मेदवार राजु विक मतदाताको घरमा पुग्न थालेका छन्।
शुक्लागण्डकीमा कांग्रेसबाट प्रमुख र माओवादी केन्द्रबाट उपप्रमुखमा गठबन्धन भएको छ । शुक्लागण्डकी नगरपालिकालाई समृद्ध बनाउने योजनासहित आफूहरु चुनावी मैदानमा उत्रिएको नगरप्रमुखका उम्मेदवार पण्डितले बताए।
नेकपा (एकीकृत समाजवादी)ले पनि घरदैलो अभियान सुरु गरेको छ । भानु नगरपालिकामा एकीकृत समाजवादीका उपप्रमुख उम्मेदवार श्रीराम पौडेल मतदाताको घरदैलोमा पुगेर मत माग्न थालेका छन्।
उनले हरेक वडामा सीप केन्द्र सञ्चालन गरिने जनाउँदै नगरवासीलाई आत्मनिर्भर बनाउन एक वडाः एक सीप केन्द्र सञ्चालन गर्ने योजना रहेको उल्लेख गरे।
एक हजार ६४० उम्मेदवार
आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ६४० उम्मेदवार कायम भएका छन् । चार नगरपालिका र छ गाउँपालिकामा कांग्रेसबाट ४४० जनाको उम्मेदवारी परेको छ । यसैगरी एमालेका ४१६ जना माओवादीका ३४७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
एकीकृत समाजवादीका १३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १७९, मङ्गोल नेशनल अर्गनाइजेशनका ५२, विवेकशील साझाका ११ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी स्वतन्त्ररूपमा १२५ जनाको उम्मेदवारी दर्ता भएको छ । जनता समाजवादी पार्टीका तर्फबाट १८, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट २६, मौलिक जरोकिलो पार्टीबाट दुई, नेपाली कांग्रेस (बिपी) एक, उन्नत लोकतन्त्र पार्टीबाट एक, नेकपा (माक्र्सवादी लेनिवादी)बाट दुई जनाको उम्मेदवारी परेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ०८:४३
चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...
फाल्गुन २२ गते, २०८२ - ०८:३७
काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...
फाल्गुन २२ गते, २०८२ - ०८:३४
काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...
फाल्गुन २२ गते, २०८२ - ०८:२८
काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...
फाल्गुन २२ गते, २०८२ - ०८:१२
कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...
फाल्गुन २२ गते, २०८२ - ०८:१०
दमौली । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...
फाल्गुन २२ गते, २०८२ - ०८:०७
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...
फाल्गुन २२ गते, २०८२ - ०८:०४
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...
फाल्गुन २२ गते, २०८२ - ०७:४५
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...



प्रतिकृया लेख्नुहोस्: