Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

नेताका दुःख : चुनावमा ठुला बाचा गर्छन्, जितेपछि बिर्सन्छन्

खबरडबली संवाददाता
काठमाडौँ । उमेरले ८० वर्ष प्रवेश गरेका कागेश्वरी मनोहरा नगरपालिका–५ का रामजीप्रसाद कुइँकेलले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसकेका छन्।
 
पञ्चायतकालदेखि नै मतदान गर्दै आएका उनका अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता कार्यकर्ताले निर्वाचित भएपछि काम गर्दैनन् । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्छन् । निर्वाचित भएपछि यसलाई बिर्सन्छन् । 
 
अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घर दैलोमा पुग्छन् ।
 
पछिल्लो पटक विसं २०७४को वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश एवं सङ्घीय सांसदका लागि उनले मत खसाले। जोरपाटी–थली–साँखु सडकको नजिकैको घरमा बस्दै आएका उनीजस्ता हजारौँ नागरिकले विगत सात वर्षदेखि धुलो र हिलो भएको सडकको सास्ती भोग्नुपरेको छ ।
 
विसं २०७२ मै ठेक्का भएको यो सडक पाँच वर्षअघिको निर्वाचनताका पनि यस्तै धुलाम्य र हिलाम्य थियो । अहिले पनि उस्तै छ । त्यसबेला तीनै तहको निर्वाचनमा मत माग्न आउँदा विभिन्न दलका नेता, कार्यकर्ताले आफूले जिते धुलो र हिलोको समस्या समाधान हुने प्रतिबद्धता जनाएका थिए । 
 
स्थानीयवासीका अनुसार विगत पाँच वर्षमा सो सडकको अवस्थामा सुधार भएन । सडक किनारका घरले उठाउँदै आएका मुद्दा समाधान गरिएन । 
 
“ चुनावप्रति अब ममा उत्साह नै छैन, मत हाल्न पनि जाऔँ कि नजाऔँ जस्तै लाग्न थालेको छ, धुलो र हिलोले बसिसक्नु छैन”, जीवनको आठ दशक पार गरिसक्नुभएका कुइँकेलले भने। 
 
कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्रसमेत रहेको थलीका मतदाताको मोह कान्ति भैरव माध्यमिक विद्यालयका नाममा रहेको ठूलो चौरको विभिन्न तहबाट भएको अतिक्रमणले पनि भङ्ग भएको छ । 
 
दुई दशकदेखि नै विद्यालयको जग्गा वरिपरिबाट स्थानीय सीमामा परेका जग्गाधनीले नै मिचेका थिए । नगरपालिकाको भवन त अन्तिम चरणमा पुगेको छ । खुला चौर भने मासिएको छ । 
 
विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि हजारौँ मानिसले थली चौरको खुला आकाशमुनि आश्रय लिएका थिए । अन्यत्रको सार्वजनिक जग्गामा नगरपालिकाको भवन बनाउन सकिने भए पनि विद्यालयको जग्गा स्थानीय सरकारले उपयोग गर्दा विपद्मा आश्रय लिने ठाउँ नभएको स्थानीय सृजना पौडेलले सुनाए। 
 
“थली चौर यहाँको सान थियो, भूकम्प, आगलागी, बाढी पहिरोजस्ता विपद्मा अब कहाँ गएर आश्रय लिने ?” स्थानीय तहका जनप्रतिनिधिलाई उहाँको प्रश्न छ ।स्थानीयवासी ३० वर्षदेखि हिँड्दै आएको बाटो बन्द भएर दुःख पाएको गुनासो गर्छन् । 
 
एक दशक अघिदेखि थली चौरको करिब ३०० मिटरभित्र घर बनाएर बस्दै आउनुभएका तुलसीप्रसाद चौँलागाई एक वर्षदेखि बाटो नपाएको सुनाउँछन्। न्यायिक समितिमा एक वर्ष अघिदेखि उजुरी दर्ता गरे पनि न्याय नपाएको उनको दुःखेसो छ । न्यायिक समितिले तीन महिनामा न्याय दिनुपर्ने कानुनी व्यवस्था भए पनि पूरा भएको छैन ।स्थानीय तहमा सानातिना मुद्दा मिलाउन सक्ने गरी न्यायिक समितिको व्यवस्था गरे पनि त्यो प्रभावकारी हुन नसकेको बताइएकोछ । 
 
कागेश्वरीमा केन्द्रमा भन्दा बढी समस्या वडावडामा छ । नगरपालिकाको–६ मूलपानीको भित्री सडक दुई महिनादेखि ढलान एवं स्तरोन्नति रोकिएको छ । व्यक्तिले आफ्नो रुचिअनुसार सडकमा जग्गा नपार्न चाहेकाले काम रोकिएको स्थानीय पीडित विदुर सापकोटा बताउँछन्। 
 
आसन्न निर्वाचनका लागि नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । नौ वडा रहेको नगरपालिकामा नगर प्रमुखका ११, उपप्रमुखका पाँच उम्मेदवार मैदानमा छन् । वडाध्यक्ष र सदस्यसमेतको गरी कूल २०९ जना उम्मेदवारले प्रतिष्पर्धा गरिरहेको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिए। रासस
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE