Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

वीरेन्द्रनगरमा उम्मेदवारलाई मतदाताको प्रश्न : घण्टाघरको सुई कहिले घुम्छ ?

खबरडबली संवाददाता

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको घडीको सुई १० वर्षदेखि घुम्दैन । यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन् । विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यकालको पाँच वर्ष बिताउँदैछन् । 

उनीहरुले पनि घण्टाघरमा नयाँ घडी राख्न सकेनन् । यसपटकको स्थानीय तह निर्वाचनमा तिनै नेता र उम्मेदवारलाई मतदाताले सोध्ने गरेका छन्, “घण्टाघरको सुई कहिले घुम्छ ?” 

प्रमुख राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धतामा ठूल्ठूला आश्वासन देखाए पनि मतदाता भने जिल्लाको पहिचान बनेको पर्यटकीयस्थलमा घण्टाघरमा कम्तीमा घडी चलाउनुपर्ने माग गरिरहेका छन् । वीरेन्द्रनगरमा घरदैलो गरिरहेका दलहरू विशेषगरी नेपाली कांगे्रस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारलाई यही प्रश्न मतदाताले दोहो¥याउने गरेका छन् । 

वीरेन्द्रनगर–६ घण्टाघर लाइनका तिलक भण्डारीले सामान्य काम नगर्ने नेताहरूबाट ठूला–ठूला आश्वासन पूरा हुन्छन् भन्ने विश्वास नरहेको बताए। “१० वर्षदेखि बन्द रहेको घडी चलाउन सक्ने जनप्रतिनिधि पाएनौँ”, उनले भने, “यसपटक पनि उम्मेदवारका घोषणापत्रमा यो कुरा उल्लेख भएको रहेनछ, त्यसैले भोट माग्न आउने जतिसँग घण्टाघरले कहिले पुनर्जन्म पाउँछ रु भनेर सोध्न थालेका छौँ ।”

वीरेन्द्रनगर–५ को घरदैलोमा आउनुभएका रापप्रा नगरप्रमुखका उम्मेदवार मुकुन्दश्याम गिरीलाई पनि मतदाताले यही प्रश्न तेस्र्याए । गिरीले मतदातामाझ आफू निर्वाचित भएलगत्तै नयाँ घडी राख्नुका साथै घण्टाघर क्षेत्रलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता जनाए। 

विसं २०६१ मा नगरप्रमुख तथा तत्कालीन लाटीकोइली गाउँपञ्चायतको प्रधानपञ्च भई काम गरिसक्नुभएका उनले वीरेन्द्रनगरको गुरुयोजनाबमोजिम काम गर्नुपर्ने बताए। 

भेरी नदीमा पक्की पुल निर्माण सम्पन्नपछि त्यहाँ बचेको निर्माण सामग्रीबाट चीन सरकारले उपहारस्वरुप वीरेन्द्रनगरको मध्यभागमा घण्टाघर बनाइदिएको हो । घण्टाघरबाट सुर्खेत उपत्यका अवलोकन गर्न सकिन्छ । 

पछिल्ला वर्ष नगरपालिकाले घण्टाघर उद्यानको सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिए पनि घडी भने परिवर्तन गरिएको छैन । नगरवासीले घण्टाघरको पहिचान गुम्न नदिन कम्तीमा घडी चलायमान गराउनुपर्ने माग राख्दै आएका छन् ।

घण्टाघरको आँगनमा रहेको नगरपालिका कार्यालय र उत्तरपूर्वी क्षेत्रमा अवस्थित प्रदेश सरकारसमेत अनदेखा भएको नगरवासीको गुनासो छ । स्थानीय होटल व्यवसायी जनक कार्कीले प्रदेश सरकारले पर्यटनमा बर्सेनि करोडौँ बजेट खर्च गरे पनि घण्टाघरमा नयाँ घडी राख्न नसकेर गैरजिम्मेवारपन देखाइरहेको आरोप लगाए। 

राप्रपा नगरप्रमुखका उम्मेदवार गिरी मात्र होइन, यसपटक मतदाताले कांगे्रस र एमाले नगरप्रमुखका उम्मेदवारसमक्ष ठूला–ठूला विकास योजना मागेका छैनन् । मतदाताले घण्टाघरमा नयाँ घडी राख्नुपर्ने, खानेपानीको समस्या चाँडो अन्त्य हुनुपर्ने, सडकका खाल्डाखुल्डी पुर्नुपर्ने, पार्किङ व्यवस्थापन, नगरबस सञ्चालनजस्ता माग  राखेका छन् । 

जबकि मतदाताका अघिल्लोपटक पनि यिनै माग थिए । उम्मेदवारले प्रतिबद्धतापत्रमा अघिल्लोपटक जस्तो यसपाला महत्वाकाङ्क्षी योजना समावेश गरेका छैनन् । नगरवासी मतदातालाई उम्मेदवारले पाँच वर्षको अनुभवका आधारमा स–साना काम पूरा गरेर मात्र ठूला काममा हात हाल्ने वचन दिने गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वडा छन् । मतदाता सङ्ख्या ६७ हजार छ । वीरेन्द्रनगरको प्रमुख पदका लागि कांगे्रस–माओवादी केन्द्रबाट संयुक्त उम्मेदवार कांगे्रसका उपेन्द्र खड्का, एमालेकी मोहनमाया ढकाल, एकीकृत समाजवादीकी धना शाही, राप्रपाका मुकुन्दश्याम गिरीलगायत चुनावी मैदानमा छन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE