Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

भरतपुरमा रेनुको पक्षमा माहोल, कांग्रेस नेता भन्छन् : हँसिया हथौडा झण्डा बोक्न लाज नमानौँ

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिकाको मंगलपुर बजारमा पाँच दलीय गठबन्धनले आईतवार चुनाबी सभा सम्पन्न गरेको छ । सभामा पॉचदलिय गठबन्धनका उम्मेद्वार तथा नेताहरुले संविधान र लोकतन्त्रको रक्षाकालागि गरिएको भन्दै गठबन्धनका साझा उम्मेद्वारहरुलाई मतदान गरि बिजयी गराउन आग्रह गरेका थिए ।

चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रकी नेत्री तथा भरतपुर महानगरपालिका प्रमुखकी उम्मेद्वार रेनु दाहालले आफूले बितेको ५ वर्षमा गठवन्धनको मर्म र भवना बमोजिम महानगरको समग्र बिकासमा महत्वपूर्ण भूमिका खेलेको र आगामी ५ वर्र्ष पनि आफू नगरवासीको चाहना अनुसारको बिकास सुसाशन र सामाजिक क्षेत्रको बिकासको लक्षलिएर उगाडि बढेको भन्दै  पॉच दलिय गठवन्धनको घोषणा पत्रमा गरिएको प्रतिवद्धता अनुसार नै अगाडि बढ्ने प्रतिवद्धता गरेकी थिइन ।

उनले पाँच वर्षे कार्यकालमा ६२२ किलोमिटर सडक कालोपत्रे गरिएको लगायत ,सिटी हल, पूलचोक गोन्द्राङ् व्यूटिफिकेशन सहितको सडक, चारलेनको बाईपास सडक, महानगरीय रिङ्रोड लिङ्क रोड, गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला, उज्ज्यालो भरतपुर अभियान जस्ता महत्वपूर्ण पूर्वाधारको शुरुआत गरिएको जानकारी दिइन् ।

भरतपुर विमानस्थलको स्तर उन्नती, देवघाटमा निर्माणाधीन शवदाह स्थललगायत स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरिएका महत्वपूर्ण उपलब्धी वितेको पाँच वर्षको गठबन्धनको परिणाम भएको बताइन् । 

आगामी कार्यकालमा निर्माणाधीन पूर्वाधार संगै नारायणी तटबन्धन, नारायणी नदी किनारको प्रस्तावित सीविच मोडेल, भरतपुर विमानस्थलको स्तर उन्नती, कोरियन सरकार संग भएको फोहर व्यवस्थापन सम्बन्धी कामलगायत थुप्रै पूर्वाधार एवं पर्यटकीय सम्भावनाका क्षेत्रमा काम अगाडि बढाउने तयारीमा रहेको पनि बताइन् । 

शुरु गरिएका काम सम्पन्न गर्न र महानगरीय गुरु योजना अनुसार अगाडि बढ्नको लागि पाँच दलीय गठबन्धनले गरेको निर्णय अनुसारनै आफुले दोस्रो कार्यकालको लागि उम्मेद्वार दिएको उनले प्रष्ट पारिन ।

महानगर प्रमुखकी उम्मेद्वार दाहालले आफ्नो एक मात्र उद्देश्य भरतपुरको सर्वाग्रिण विकास मात्र रहेको बताइन् र भनिन, शुरु भएका र प्रस्तावित काम सम्पन्न गरि देशकै नमूना र हेर्न लायक सहरको रुपमा भरतपुरलाई परिणत गर्नु मेरो पहिलो ध्यय हो । आगामी कार्यकालमा सबैको साथ र सहयोगले प्रक्षेपित लक्ष्य हाँसिल गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।

उक्त चुनाबी सभालाई सम्बोधन गर्दै उप प्रमुख पदका उम्मेद्वार चित्रसेन अधिकारीले पाँच दलिय गठबन्धन समग्र भरतपुर महानगरपालिकाको बिकास र सुसाशन कायम गर्ने संकल्पसहित चुनावी मैदानमा होमिएको बताए । उनले सानो गल्तीले पछि पछुताउनुको विकल्प नहुने भन्दै प्रतिगमन विरुद्धको यो लडाईमा पाँच दलीय गठबन्धनका उम्मेद्वारलाई बिजय गराउन सबैसंग अनुरोध गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले पाँच दलीय गठबन्धन भित्र रहेर गठबन्धनका साझा उम्मेद्वारविरुद्ध बोल्ने र चलखेल गर्ने अधिकार कसैलाई पनि नभएको बताएका थिए । 

उनले हँसिया हथौडा, कलम र रुख चिन्हमा कुनै विभेद नगर्न,  चार तारे झण्डा होस या हसिँया हथौडा चिन्ह अंकित झण्डा होस जुन आइपर्छ त्यही बोकेर हिँड्न र हामी एउटा यात्रा र एउटै गन्तव्यका यात्री हौ भनेर एक अर्कोलाई भरोसा र विश्वास गर्न आग्रह गरेका थिए । 

कार्यक्रममा बोल्दै नेपाली काग्रेस चितवनका पूर्व सभापति एवं केन्द्रिय सदस्य टेकप्रसाद गुरुङले गठबन्धलाई टुटाउन सकिन्छ की, मतदाताहरूलाई भ्रमित पार्न सकिन्छकी भनेर गरिएका सम्पूर्ण भ्रम केही दिन यता समाप्त भएको बताए । 

उनले नेपाली काँग्रेसको संथागत निर्णय नमानी बागी बिद्रोही उम्मेद्वारी दिनेहरु काँग्रेस त रहेन रहेन सच्चा प्रजातन्त्रवादीनै हुन नसक्ने टिप्पणी गरे । र बाटो विराएका सबैलाई मूलधारमा फर्कन आग्रह गरे । गठबन्धनका उम्मेद्वारलाई जिताउन अनुरोध गरे ।

सोही कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्य नारायण दाहालले चितवनका ७ वटै पालिकामा पॉच दलिय गठबन्धनका साझा उम्मेद्वारको जीत सुनिश्चित भइसकेको बताए । भरतपुरमा गठवन्धनका साझा उम्मेद्वारलाई हराउने तागत कुनै पनि प्रतिगामी शक्ति संग छैन् । उनको भनाई छ ।  

पछिल्लो समय नेकपा एमाले र राप्रपा विचको गठबन्धनमा रहेकाहरुले आफ्ना उम्मेद्वारको भन्दा बढी काँग्रेसबाट बागी बनेका भूईकटहरको गर्न थालेबाट उनीहरु मानसिक रुपमा हार स्वीकार गरिसकेको संकेतले प्रष्ट भएको दाहालले बताएका थिए ।

कार्यक्रममा नेपाली काग्रेसका नेता बिजय भुषालले प्रतिगमनकारीहरूलाई परास्त गर्दै लोकतान्त्रिक व्यावस्था स्थापना गर्न गठबन्धन आवस्यक भएको भन्दै बिकास ,सुसाशन र बिधिको साशन स्थापित गर्न मेयर रेनु दाहाल र उप मेयर चित्रसेन अधिकारीको नेतृत्व रहेको टीमलाई वडातह सम्म विजयी गराउन अनुरोध गरे ।

कार्यक्रममा एकीकृत समाजवादी चितवनका उपाध्यक्ष कृष्णराज न्योपानेले विकास प्रेमी ईमानदार उमेद्वार रेनु दाहाल र चित्रसेन अधिकारीको नेत्रित्वको टिम महानगरको विकासको लागि आवस्यक रहेको औल्याए । र गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।

कार्यक्रममा नेपाली काग्रेसका पूर्ब सभापति जीत नारायण श्रेष्ठ, केन्द्रीय सदस्य अन्जली श्रेष्ठ, संविधानसभा सदस्य एवं नेपाली काँग्रेस चिवतनका पूर्व सभापति राम कृष्ण धिमिर, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व रजिष्टार प्राडा सूर्यकान्त धिमिरे, काग्रेस केन्द्रीय सदस्य शान्ति परियार लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending