माओवादी जनयुद्ध सुरु भएदेखि नै संगठनमा आवद्ध रेणुका चौलागाई चौेरी देउराली गाउँपालिकाको अध्यक्षमा उम्मेदवार छिन्।
वि.सं. २०३५ सालमा काभ्रे जिल्लाको कात्तिके देउराली–६ मा जन्मिएकी चौलागाई सानैदेखि विद्रोही स्वभावकी थिइन्। परिवर्तनको चाहना राख्ने उहाँ अन्याय, अत्याचार, शोषण र दमनका विरुद्ध आवाज उठाउनु पर्छ भन्ने मान्यता राख्थिन्।
जनयुद्धकालदेखि निरन्तर पार्टीमा सक्रिय चौलागाई हाल नेकपा माओवादी केन्द्रकै तर्फबाट चौरी देउराली गाउँपालिकाको अध्यक्षका उमेदवार छिन्। उनैसँग गरिएको कुराकानीको अंशः
तपाई एजेण्डाहरु केके छन् ?
काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका राजधानी काठमाडौबाट नजिक भएपनि यो विकट क्षेत्र नै मानिन्छ । डाँडापारि र कोशीपारि भनेपछि कर्णाली सरह नै मानिन्छ ।
त्यसैले यहाँको स्वास्थ्य, शिक्षा, खानेपानी तथा जनताका आर्थिक आयआर्जनका कुराहरु पूरा गर्नेछौं । यस पालिकालाई समुन्नत र राम्रो बनाउने चाहना छ । यहाँका मानिसहरुलाई कुनै पनि आधारभुत तथा भौतिक कुराहरुको अभाव नहोस् भन्ने हाम्रो उद्देश्य हो ।
तपाईंको जितका आधारहरु केके हुन् ?
जनयुद्ध सुरु भएदेखि अहिलेसम्म म यो पार्टीमा निरन्तर क्रियाशिल छु । मुलुकमा आएको यो परिवर्तन ल्याउनका निम्ति मेरो अहम् भूमिका छ । अझ भनौं मेरो जीवनको पूर्ण लगानी यहीँ छ । त्यस्तै यही परिवर्तनका निम्ति मेरो परिवारले गरेको त्याग÷तपस्या र बलिदान महत्वपूर्ण छ ।
यो परिवर्तनका निम्ति मैले मेरो ५ जना पारिवारिक सदस्य गुमाएकी छु । दाजु कमल प्रसाद चौलागाई, आमाजु बिन्दा चौलागाई र जेठाजु सहिद हुनुहुन्छ भने मेरो श्रीमान नविन गौतम र अर्की आमाजु कमला चौलागाई शर्मा अझै वेपत्ता हुनुहुन्छ । अहिलेसम्म जनताको सेवक बनेर काम गरिरहेको छु । जनतासँग निकट छु । त्यसैले मेरो जीत निश्चित छ ।
तपाईंप्रति जनता कत्तिको सन्तुष्ट हुनुहन्छ ?
यहाँका जनताले मलाई नेतृत्वमा आउनका लागि सुझाव दिइरहनुभएको छ । म महिला, हिजोका दिनमा पनि महिला मुक्तिका लागि थुप्रै लडाई लड्यौँ । महिलाले पनि बोल्न पाउनुपर्छ, आफ्नो अधिकार पाउनुपर्छ भनेर आन्दोलनमा होमियौं ।
महिलाहरुलाई समग्रमा दोस्रो दर्जाको नागरिकको हैसियत प्रदान गरिरहँदा त्यस्ता महिलाहरुको नेतृत्व गर्नुपर्छ भनेर हिजो पनि लडें, अहिले पनि महिलाहरुलाई माथि उठाउनुपर्छ, महिलाहरुलाई सत्तामा सहभागी गराइराखेको हाम्रै कारण हो । ति कुराहरु जनताले बुझ्नु भएको छ । त्यस्तै म सहिद परिवार पनि ।
म यही समाजमा छु, यही छु । यहाँको जनताको सुख, दुःख र अप्ठारोमा लागिपरेको छु । त्यसैले पनि यहाँले जनताले मलाई नै नेतृत्वमा आउनका लागि सुझाव दिइरहनुभएको छ । समग्रमा उहाँहरु मेरो कामप्रति सन्तुष्ट हुनुहुन्छ ।
यस पालिकामा भ्रष्टाचारको अवस्था के–कस्तो छ ?
यस पालिकामा भ्रष्टाचार देखिएको छैन । अन्यत्रको तुलनामा भ्रष्टाचारको मामिलामा खोट छैन । अन्य पालिका र जिल्लाबाट आउनेहरुले पनि सुन्दर छ चौरी देउराली, विकासमा पारदर्शी छ भन्ने प्रतिक्रिया दिनुभएको छ । यसलाई हामी भोलिका दिनमा पनि निरन्तरता दिनेछौं ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...




प्रतिकृया लेख्नुहोस्: