Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल

स्थानीय तहको निर्वाचनपछि मुलुकले निर्णायक मोड र दिशा लिने निश्चित

खबरडबली संवाददाता

काठमाडौं । पाँच दलीय सत्तागठबन्धनका शीर्ष नेताहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गरेर बहुमतका साथ विजयी गराउन सबैमा अपिल गरेका छन्। 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले आज एक अपिल जारी गर्दै विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरेका हुन्। 

संविधानसभामार्फत नेपाली नागरिकले जारी गरेको संविधान र नागरिकले निर्वाचित गरेको संसद्माथि भएको प्रहारलाई परास्त गर्दै आन्दोलनबाट प्राप्त परिवर्तनका उपलब्धिलाई जोगाउन गठबन्धन भएको उनीहरुले उल्लेख गरेका छन्। 

“दुईरदुईपटक संसद् विघटन भएपछिको असहज परिस्थितिमा ‘सङ्कीर्ण र निषेध’ को राजनीतिका विरुद्ध ‘सहमति र सहकार्य’ को जगमा अहिलेको सरकार गठन भएको होे । राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनुपर्ने दायित्व बोध गरी पाँच दलीय एकता कायम गरिएको हो । यो एकतालाई अक्षुण्ण राख्दै स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका पाँच दलबीच तालमेल गरी हामीले उम्मेदवारी दिएका छौँ । आजको दिन लोकतन्त्र, मानवअधिकार, कानूनी राज, देशको विकास र समृद्धि, सामाजिक न्याय र स्वतन्त्रताका लागि गठबन्धनका हामी पाँच दल सदा अविचलित रहने प्रण गर्दछौँ,” गठबन्धनका नेताहरुद्वारा जारी अपिलमा उल्लेख छ ।

“प्रतिगमनविरुद्धको सङ्घर्षको परिणाम नै मुलुकको राजनीतिले निकास पाएको ध्रुव सत्य हो । असंवैधानिकरूपमा संसद् विघटन गरिएपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र, शक्तिपृथकीकरण, संविधानवादका मूल्य, मान्यता, मुलुकको स्वाभिमान र सुरक्षा जस्ता विषयमा अनेक प्रश्न खडा भए । कोरोना महाव्याधिका कारण मुलुक यसै पनि मानवीय सङ्कटको अवस्थामा थियो । पटकपटक संसद् विघटनपछि दशकौँ लडेर ल्याएको लोकतन्त्र सङ्कटमा परी प्रतिगमनले फेरि टाउको उठाउने खतरा थियो । यी सबै परिस्थितिलाई सम्हालेर अघि बढ्नुपर्ने आवश्यकता गठबन्धन सरकारको थियो । स्थानीय निर्वाचन सङ्घारमा आइसकेको अवस्थामा अब यो ऐतिहासिक अभिभारालाई पूरा गरी चुनौतीलाई अवसरमा बदल्ने दायित्व आम मतदाताहरुको काँधमा आएको छ,” अपिलमा जनाइएको छ ।

स्थानीय तहको निर्वाचनपछि मुलुकले निर्णायक मोड र दिशा लिने निश्चित भएको उल्लेख गर्दै नेताहरुले स्थानीय निर्वाचनका माध्यमबाट मुलुकको एकता बलियो बनाउँदै राजनीतिलाई सही ढङ्गले लोकतन्त्रको बाटोमा डो¥याउन सक्ने बताएका छन्। 

जनताले दिएको जिम्मेवारीलाई अवसरका रूपमा लिँदै मुलुकको बृहत्तर हितका खातिर जनभावनानुरूप नेतृत्वदायी भूमिका निर्वाह गर्न लागिपर्ने गठबन्धनका नेताहरुले प्रणसमेत गरेका छन्। 

गठबन्धनको बलमा मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव भएकाले गठबन्धनको पक्षमा मतदानका लागि सबैले विवेकको प्रयोग गर्ने नेताहरुको विश्वास छ । 

यस क्षणमा आफूहरु सदैव जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिबद्धता जाहेर गर्दै उनीहरुले सबै क्षेत्र, वर्ग, समुदायलगायतको हक अधिकार सुनिश्चित गर्न समर्पित रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। निर्वाचन सम्पन्न गर्न सबैलाई एकजुट भएर लाग्नसमेत उनीहरुले आग्रह गर्नुभएको छ ।

अपिलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending